असाेज, ९ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको विशेष समितिले मंगलबार (अाज) गृहमन्त्रीलाई सुटुक्क प्रतिवेदन बुझाएको छ ।
कञ्चनपुरमा गएकाे साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको टोलीले गृहमन्त्री रामबहादुर थापालाई अाज दिउँसाे १२ बजेर १० मिनेट जाँदा प्रतिवेदन बुझाएको हो ।
- ADVERTISEMENT -
गृह सचिव प्रेमकुमार रार्इ, अाइजी सर्बेन्द्र खनाललगायतकाे उपस्थितिमा छानबिन टाेलीले साे प्रतिवेदन गृहमन्त्री समक्ष बुझाएकाे हाे ।
अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएर अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
- ADVERTISEMENT -
समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो ।
समितिले बुझाएकाे प्रतिवेदनमा घटनाको बस्तुस्थिति, स्थानीयबासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको समितिका संयाेजक मैनालीले बताए ।