काठमाडौँ, ९ असोज, २०७५ । दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आजदेखि अग्रीम टिकट बुकिङ खुला हुने भएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज बसेको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

महासङ्घका महासचिव पुन्यप्रसाद (सरोज) सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि भोलिदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

उपत्यकाका विभिन्न १० स्थानमा अग्रिम टिकट बुकिङ काउन्टर निर्माण गर्ने भएको छ । यसबर्ष पनि अघिल्ला बर्षझैँ काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, सुन्धारा, गौशाला, कोटेश्वर लगायत १० स्थानमा टिकट काउन्टर स्थापना गर्ने भएको हो । यात्रुले बसपार्क लगायत अन्य टिकट काउण्टरबाट टिकट किन्न सक्नेछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्