२०८३ वैशाख ८, मंगलबार
३:३२:०२ दिउँसो
- ADVERTISEMENT -

अग्रिम टिकङ बुकिङ १० गतेदेखि, १० प्रतिशत भाडा बढ्ने, दसैंको मुखमा यात्रुलाई मार

प्रकाशित मिति: २०७५ असोज ८, सोमबार

1409
Shares

काठमाडौँ, ८ असोज २०७५ ।सरकार दस प्रतिशत भाडा बढाउन राजी भएपछि यातायात व्यवसायीले आगामी १० गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच शनिबार यस्तो सहमति जुटेको हो ।

बैठकमा भाडा वृद्धि गर्नेलगायत ४ बुँदे सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताए । यसअघि विभाग र व्यवसायीबीच असोज ५ देखि बुकिङ खोल्ने सहमति थियो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि व्यवसायीले भाडा नबढेसम्म बुकिङ नखोल्ने अडान राखेका थिए ।

बैठकमा भाडा समायोजन, बस व्यवसायी समितिका बन्द खाता खोल्नेलगायत सहमति भएपछि बुकिङ खोल्ने तयारी भएको ढकालले बताए । ‘१६ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ, औसतमा १० प्रतिशत भाडा बढाउने सहमति भएको हो,’ ढकालले भने, ‘अब व्यवसायीले बुकिङ खुला गर्नुहुन्छ ।’ गत चैतमा यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य घोषणा गर्दै सरकारले महासंघअन्तर्गतका समितिका सबै बैंक खाता रोक्का गरेको थियो । खाता रोकिएपछि दुर्घटनामा घाइते भएकाको उपचार, क्षतिपूर्ति, बिमा, कर्मचारीको तलब भत्तालगायत रोकिएको भन्दै व्यवसायीले खोल्न दबाब दिँदै आएका थिए ।

दसैंको मुखमा आवागमन सहज बनाउन व्यवसायीसँग सहमति गरिएको मन्त्रालयका एक अधिकारीले बताए । ‘समस्या समाधानभन्दा पनि बल्झिँदै जान थाल्यो,’ उनले भने, ‘यात्रुलाई समस्या पर्न थाल्यो, त्यसका लागि केही भाडा वृद्धि गर्ने सहमति गरेका हौं ।’ भदौ ३१ गते विभाग र व्यवसायीबीच बुकिङ खोल्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि भाडा वृद्धि तथा समायोजनको कुरा आएको ती अधिकारीले बताए । २०६५ मा वैज्ञानिक भाडा दर लागू गर्दा पेट्रोलियम पदार्थ एकमुष्ट प्रतिलिटर ५ रुपैयाँका दरले वृद्धि भए त्यसकै आधारमा सवारी भाडा बढ्ने सहमति भएको थियो । तर, एकै पटक ५ रुपैयाँ प्रतिलिटर नबढे पनि थुप्रैचोटि मूल्यवृद्धि भइसकेको व्यवसायीको भनाइ छ ।

‘यसले गर्दा व्यवसायी मारमा परे, १० वर्षमा पेट्रोलियम पदार्थको मूल्य कहिले २, कहिले ३ रुपैयाँ गरेर, पटक–पटक बढ्यो, भाडा वृद्धि भएन,’ महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वारले भने, ‘व्यवसायी जहिल्यै मारमा पर्ने रु २ रुपैयाँ भाडा वृद्धिको माग गरे पनि यात्रुको शोषण गरेको आरोप लाग्ने, यो अति नै अन्याय भयो ।’ ३१ गते विभागसँग भएको सहमतिमा भाडा वृद्धि गर्ने कुनै निर्णय नभएको उनले बताए । ‘पेट्रोलियम पदार्थको भाउ बढेपछि व्यवसायीले पनि सरकारसँग अनुरोध गरेको हौं’ उनले भने, ‘बुकिङ खोल्न भनेको हाल सञ्चालनमा रहेभन्दा बाहिरका गाडी रुटमा चलाउन हो, एकतर्फी त हामी यात्रु लैजान्छौं, फर्किंदा रितो आउनपर्छ, पेट्रोलको मूल्य पनि तिर्न सकिँदैन, त्यसै कारण भाडा बढाइएको हो ।’

आपतकालीन अवस्थामा रकम आवश्यकता पर्दा सञ्चालनका लागि बैंक खाता फुकुवा गर्न सरकार सहमत भएको उनले बताए । ‘तर, कुन विधि अपाउन भन्ने अझै छलफल भएको छैन’ उनले भने, ‘सोमबार महासंघको बैठक बसेर निर्णय गर्छौं, १० गतेदेखि बुकिङ खुला हुन्छ, यात्रु मर्कामा पर्दैनन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81