काठमाडौं, आश्विन ६ २०७५ | बडादशैंको टिकाको उत्तम साइत विहान परेको छ । कार्तिक २ गते परेको शुभ विजया दशमीको टिकाको उत्तम साइत विहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । घटस्थापनाको शुभ साईत आगामी असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । त्यस्तै , फुलपाती भित्र्याउने साईत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।

कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा फुलपातीको दिन बिहान १० बजेर २४ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा फेर्न सकिने गौतमले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्