२०८२ चैत २९, आइतबार
७:५२:५६ बेलुका
- ADVERTISEMENT -

प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका सभापतिको शपथ : सबै सभापतिको आजै पद बहाली

प्रकाशित मिति: २०७५ असोज ५, शुक्रबार

1398
Shares

काठमाडौँ, २०७५ साल आश्विन ५ गते शुक्रबार । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिले आफनो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित विशेष समारोहमा सभामुख कृष्णबहादुर महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिनुभएको हो ।

शपथ लिनुहुनेमा अर्थ समितिका नवनिर्वाचित सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल हुनुहुन्छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिका निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिका शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापतिमा भरतकुमार शाहले पनि शपथ लिनुभएको हो ।

ज्येष्ठ सदस्यका रुपमा समितिको बैठकको अध्यक्षता गरी आउनुभएका सांसदलाई उहाँहरुले पु¥याउनुभएको योगदानको कदर गर्दै सोही समारोहमा सभामुख महराले सम्मान गर्नुभयो ।

सोही अवसरमा सभामुख महराले १० विषयगत समितिमध्ये ६० वटामा महिलाले नेतृत्व गर्नु आफैँमा गौरवको विषय भएको बताउनुभयो । समितिका हुने सबै खालका छलफल सङ्घीय संसद्को सम्पत्ति भएको जनाउँदै समितिको सभापतिमा सर्वसम्मत गराउन योगदान दिने राजनीतिक दल र नेतृत्वप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचेतक देवप्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो । निर्वाचित सबै सभापतिले आजै पद बहाली गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16