२०८२ चैत २९, आइतबार
७:४९:३१ बेलुका
- ADVERTISEMENT -

आजदेखि इन्द्रजात्रा सुरु

प्रकाशित मिति: २०७५ असोज ५, शुक्रबार

2256
Shares

काठमाडौँ, २०७५ साल आश्विन ५ गते शुक्रबार । इन्द्रजात्राको लिङ्गो शुक्रवार बिहान ८ः०५ बजे ठड्याएर इन्द्रध्वजोत्थान गरिँदैछ । यसै दिनदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ । विशेष गरी काठमाडौँमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ ।

भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो अहिले हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर छ । शुक्रवार काठमाडौँका मानन्धर समुदायले यसलाई ठड्याउने छन् ।

जात्रामा सबै कार्य गर्न खटाइनुभएका सुरेन्द्र अमात्यका अनुसार लिङ्गो सुव्यवस्थित रूपमा ठड्याउन गङ्गा क्लबका उमेश कर्माचार्य, सिन्ह स्वाँ खलः का निरन श्रेष्ठ, श्रीकुमारी क्लवका राजकल्याण ताम्राकारको अगुवाइमा युवा तत्परताका साथ रहेका छन् । समरजङ्ग कम्पनीले जात्रामा सहयोग गर्ने छ । कम्पनीका प्रमुख प्रकाशचन्द्र पन्तले कम्पनी टोलीलाई जात्रामा सहयोग पु¥याउन हनुमानढोका दरवार क्षेत्रमा खटाउनुभएको छ ।

इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ । असोज ८ गते रथयात्रा जैशिदेवल चिँकमुगल भई लगनटोल पुगेर उसै साँझ फर्कने र १२ गते नरदेवी पुगेर फर्कने र अन्तिम दिन नानीचयात्रा भनेर १२ गते किलागल पुगेर फर्काइने तालिका छ ।

लिङ्गो ठड्याएपछि हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी, महालक्ष्मी नाच भक्तपुरको महाकाली र रामचन्द्र नाच हनुमानढोका दरवारमा हाजिर हुनुपर्ने छ । यसैदिन आकाश भैरव, श्वेत भैरव, स्वच्छन्द भैरवको सृङ्गार तथा पूजन हुन्छ । मानन्धर समुदायले वौमत प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने गर्छन् । यसै क्रममा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवका लागि १०८ थरीका मिठाई पकवान् तयार भइसकेको जानकारी दिइएको छ ।

जात्रामा मुख्य सहभागिता रहने गरेको युवा क्लव सिन्ह स्वाँ खलःका अध्यक्ष निरन श्रेष्ठले जात्रामा समन्वय जरुरी रहेको बताउनुभयो । समन्वयका अभावका कारण बिगतमा श्रीतलेजुको पूजा रोकिन गएर रथयात्रा गोलमाल हुन भएको, खटिएका सुरक्षा निकायले जात्रामा सहभागी हुनुपर्नेको पहिचान गर्न नसकेर जात्रा स्थलमा प्रवेश निषेध गर्ने र राष्ट्र प्रमुखको दर्शन गर्दा शुभलाभ हुन्छ भन्ने मान्यताका यहाँका जेष्ठ नागरिकले राष्ट्रप्रमुखको मुहार अवलोकन गर्नै नपाइने स्थिति विगत वर्षदेखि भोग्दै आएको उहाँले बताउनुभयो ।

जात्रा स्थानीयको मन र मुटुको भाव पनि रहेकोले जात्रामा अनावश्यक कडिकडाउ यो पल्ट हुन नपाओस् भन्ने मान्यताका साथ काम गरिने उहाँको भनाइ छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16