२०८३ वैशाख ८, मंगलबार
४:३७:५७ दिउँसो
- ADVERTISEMENT -

जनसम्पर्क समिति फ़्रान्सद्वारा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भव्य स्वागत, जनसम्पर्क समितिद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७५ असोज ४, बिहीबार

2597
Shares

१८ सेप्टेम्बर पेरिस फ्रान्स

नेपाली कांग्रेसको बैदेशिक संगठन जनसम्पर्क समिति फ्रान्सले, नेपाली कांग्रेसका लौह पुरुष, सर्बमान्य नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका कमान्डर स्व. गणेशमान सिंहको २१औं स्मृति दिबसको अवसरमा अन्तरक्रिया काय्रक्रमको आयोजना सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा यूरोपस्थित अन्य जनसम्पर्क समितिहरुको पनि प्रतिनिधित्व रहेको थियो । संस्थापक अध्यक्ष निर्मल अर्यालको उपस्थितिमा सबिधान दिवसको पूर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रममा नेपालको लोकतान्त्रिक संबिधान स्थापनाको लागि जिबन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्दा सुमन ब्यक्त गरिएको थियो ।

करिब ४ घण्टा चलेको उक्त कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले गर्नुभएको थियो । कार्यक्रममा नेपालदेखि आउनुभएका राष्ट्रिय जनजाति महासंघका नि-बर्तमान अध्यक्ष एबं पूर्व सभासद नगेन्द्र कुमार कुमाल, जनसम्पर्क समिति बेल्जियमकि सभापति सीता सापकोटा , ज.स.स बेल्जियमका संस्थापक अध्यक्ष ध्रुब पौडेल लगायतका नेताहरुले आफ्नो मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले नेपाली कांग्रेस पार्टी अहिले दु:खको अवस्थामा रहेको तर पार्टी दुबोजस्तो भएकोले कहिले नमर्ने बताउदै पार्टीलाई राम्रो बनाउन सुरुवात आफैबाट गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिस्ठ नेता पौडेलले देशमा लोकतान्त्रिक संबिधान स्थापनाको लागि नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको र संबिधान स्थापना पश्चात अहिलेको कम्युनिस्ट सरकारले संविधानको मर्मलाइ बुझ्न नसकेको बताउदै सस्तो लोकप्रियता र झुटले चुनाब जितेर आएको यो सरकारलाई जनताले चिनिसकेको बताउनुभयो ।

नेपाली कांग्रेस पार्टीमा पनि सुधारको आवश्यक रहेको र नेपाली कांग्रेस अझ बलियो र सशक्त भएर आउने बाचा सहित उहाँले प्रबासमा रहेका सम्पूर्ण कांग्रेसीहरुले आफ्नो स्थानबाट पार्टीप्रतिको जिम्मेवार निष्ठा पुर्बक पुरा गर्न अनुरोध समेत गर्नुभयो । कार्यक्रममा बोल्दै बक्ताहरु रामचन्द्र पौडेल र नगेन्द्र कुमालले गैर आवासीय नेपालीहरु को लागि एक पटक को नेपाली सधैंको नेपाली भन्ने कुरामा आफुहरु अडिग रहेको जानकारी गराउनुभयो ।

कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभापति सुधिर रानाले उपस्थित सबैप्रति धन्यबाद ज्ञापन दिदै नेता पौडेलको यूरोप भ्रमणले जनसम्पर्क समितिहरुमा थप उर्जा प्रदान भएको र नेपाली कांग्रेसमा सधै एकता, भाइचारा, सहयोगीको संदेश जाने विश्वास ब्यक्त गर्नुभयो ।

पेरिसस्थित माउन्ट एभरेस्ट रेस्टुरेन्टमा समापन गरिएको उक्त कार्य्रमको संचालन समितिका महामन्त्री कमल बिक्रम के सी ले गर्नु भएको थियो भने कार्यक्रममा पेरिसबासी नेपालीहरुको बाक्लो रुपमा उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81