पालुङटार, गोरखा, आश्विन २ गते मंगलबार । प्रथम वडा कप फुटबल प्रतियोगिताको विजेता भएपछि बौद्ध हिमाल युवा क्लब, ठाँटिपोखरीका खेलाडी तथा सदस्यहरुले लम्जुङ, राइनास नगरपालिका स्थित सर्वोदय सेवा आश्रममा आश्रित वृद्ध–वृद्धालाई फलफुल तथा खाना वितरण गरेका छन् ।

वडा कपको ट्रफी उचालेपछि क्लबका सदस्य तथा खेलाडी बिचको सम्बन्ध झनै बलियो पार्ने उद्देश्यले आयोजित टिम बिल्डिङ कार्यक्रम राइनास नगरपालिकाको राइनासकोटमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम अन्र्तगत बौद्ध हिमालयुवा क्लबका खेलाडीले स्थानीय शिवशंकर स्पोर्ट क्लबसँग मैत्रिपूर्ण फुटबल खेल खेलेका थिए ।

सोहि कार्यक्रममा समाज प्रतिको उत्तरदायित्व बोध गर्दै सर्वोदय सेवा आश्रममा आश्रित वृद्ध–वृद्धालाई सहयोग गरेको क्लबका अध्यक्ष किरण गिरीले जानकारी दिनुभयो ।

१२ जना आश्रित आश्रममा विभिन्न संघ संस्था, युवा तथा सेव गर्ने पवित्र हातहरुले गर्दा आश्रम संचालन गर्न थप उर्जा थपेको र बौद्ध हिमाल युवा क्लब प्रति आफु आभारी रहेको सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्