२०८३ वैशाख २, बुधबार
६:२१:०६ बेलुका
- ADVERTISEMENT -

बालिका निर्मला पन्त हत्या प्रकरण : सिआइवी टोलीमाथि नै छानविन सुरु

प्रकाशित मिति: २०७५ भदौ २९, शुक्रबार

2132
Shares

काठमाडौँ, भदौ २९ गते । बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तकोे घटनालाई अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति गठन गरेको छ ।

समितिको संयोजकमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीलाई तोकेको छ । सिआईवीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अङ्गुर जिसी नेतृत्वमा गठन गरिएको विशेष टोलीले पन्त हत्याको छानविन गरेको थियो ।

निर्मला हत्याको अभियोगमा सिआइवीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पक्राउ गरिएका दिलिपसिंह विष्टलाई ‘डिएनए’ परीक्षणले दोषी पुष्टि गर्न नसकेपछि प्रहरी प्रधान कार्यालयले डिएसपी जिसीमाथि नै अनुसन्धान गर्न टोली गठन गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्रीले नवगठित पाँच सदस्यीय छानविन समितिले प्रहरी अनुसन्धानमा भएका लापरवाही र कमी कमजोरीको छानविन हुने बताउनुभयो । ‘यो टोलीले घटनाको विस्तृत छानविन नभई सिआइवी टोलीले गरेका कमी कमजोरीको अनुसन्धान गर्ने प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

बलत्कारपछि भएको हत्या घट्नाको छानविन गर्नका लागि ‘सिआइवीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा नै परिचालित छ । एसएसपी सुवेदीको नेतृत्वमा गठित छानविन टोलीले जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख दिल्लीसिंह विष्ट, डिएसपी ज्ञानबहादुर सेठ्ठी, मुद्धा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कामाथि समेत छानविन गर्ने छ ।

टोलीले दिएको प्रतिवेदनअनुसार उनीहरुलाई थप कारवाही अगाडि बढाइने प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । निलम्वीत एसपी विष्ट, डिएसपीद्वय जिसी तथा सेठ्ठी तथा प्रहरी निरीक्षक खड्काले निर्मला हत्या घटनाको अनुसन्धानलाई प्रभावित पार्ने गरी मानसिक रूपले अस्वस्थ दिलिपसिंहलाई पक्राउ गरेको हुनसक्ने आशंका प्रहरी प्रधान कार्यालयको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा गम्भीर त्रुटि गर्नुका साथै हेलचेक्रयाइ र लापरवाही गरेको भन्दै एसपी विष्टलाई निलम्वन गरिएको छ । सिआइवीका डिएसपी जिसी र मुद्धा प्रमुख प्रहरी निरीक्षक एकीन्द्र खड्कालाई निगरानीमा राखिएको छ ।

उक्त घटनाको अनुसन्धानमा सिआइवी प्रहरीले गरेको लापरवाहीका कारण नेपाल प्रहरीप्रति जनविश्वास गुम्ने खतरा बढेको भन्दै प्रहरी संगठनभित्रैबाट सम्वद्ध प्रहरी अधिकारीलाई कडा कारवाहीको माग हुन थालेको छ ।

यसैबीच, निर्मला हत्या घटना दिनप्रति दिन रहस्मय बन्दै गएपछि निलम्बित एसपी डिल्लीसिंह विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको पनि डिएनए परीक्षण हुने भएको छ । यसका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको प्रयोगशाला (फरेन्सिक ल्याव ) मा डिएनए परीक्षण हुने छ ।

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले पनि डिएनए परीक्षण गर्ने गरेको छ । शिक्षण अस्पतालका विज्ञ चिकित्सकको नेतृत्वमा उनीहरुको डिएनए परीक्षण हुन लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । बालिका पन्तको रहस्मय हत्या घटनाको छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरिय छानविन समितिका सदस्य सशस्त्र प्रहरी वलका डिआइजी वसन्त बानियाँलाई हृदयघात भएको छ ।

घटनाको छानविन गर्ने क्रममा महेन्द्रनगरमा खटिएका बानियाँलाई छ दिनअघि एक्कासी हृदयघात भएको थियो । सशस्त्र प्रहरी वलका अनुसार उहाँको राजधानीको एक अस्पतालमा उपचार भइरहेको छ । यसअघि सोही समितिका सदस्य एवं उपसचिव वीरेन्द्र केसीले शान्तिसुरक्षाको माग गर्दै समितिबाट राजीनामा दिएको बताए पनि बुधवार गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईसंँगको छलफल पछि पुनःसमितिमा फर्किनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85