Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:२५:३३ बिहान
- ADVERTISEMENT -

निर्मलाकी आमाले रुँदै भनिन्– म पनि मर्न चाहन्छु, मलाई पनि गोली ठोक्नुस् तर जसरी पनि न्याय दिनुस्

प्रकाशित मिति: २०७५ भदौ २८, बिहीबार

1693
Shares

काठमाडौं, २८ भाद्र २०७५ ।बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारवाही गर्न माग गरिएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजना गरिएको साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारवाही गर्न माग गरेका हुन् ।

गत साउन दश गते हत्या गरिएकी निर्मला पन्तका आमा बुवाले सरकारबाट उचित न्याय नपाएको दुखेसो गरेका छन् ।

अनुसन्धान प्रक्रियाले वास्तविक हत्यारा खोज्न नसकेको भन्दै राजधानी आएका बुवा आमाले आज एक पत्रकार सम्मेलनमार्फत ‘छोरीको हत्यारा खोज्न’ प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष गुहार गरे ।

राष्ट्रपति आफै महिला भएकोले पीडा बुझ्न आग्रह गर्दै निर्मलाकी आमाले आफ्नै छोरी सम्झेर निर्मलाको हत्यारा खोज्न साथ दिन अनुरोध गरिन । “ न्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनुस् । तपाईंको पनि छोरी सम्झिनुस् । मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु ।” उनले भनिन् ।
छोरीको बलात्कारपछि हत्या भएपछि देश नै रोइरहेको अवस्थामा पनि सरकारले आफूलाई सहयोग गर्नुको साटो पीडकलाई नै साथ दिएको उनको आरोप थियो ।

न्याय नपाएर घर नफर्किने बताउँदै उनीहरुले न्याय नदिने भए बरु मार्नुस् भन्दै भावुक अभिव्यक्ति दिए ।
पन्त दम्पत्तिले राजधानीमा आजै दुईवटा पत्रकार सम्मेलनमार्फत आफ्ना पीडा पोखेका छन् । रिपोर्टस क्लब र मिडिया डबलीमा भएका कार्यक्रममा उनीहरुले प्रहरी प्रशासनले हत्याराको पक्षमा अनुसन्धान गरेको बताए ।

सरकारले घटनालाई संवेदनशीलरुपमा लिएर अनुन्धानलाई निष्पक्ष बनाउन उनीहरुको आग्रह थियो ।
घटनामा आशंका गरिएका बम दिदी बहिनीहरुका पक्षमा प्रधानमन्त्रीले सहानुभूति प्रकट गरेकोमा समेत निर्मलाकी आमाले दुखेसो व्यक्त गरिन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -