Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
८:५०:०५ राति
- ADVERTISEMENT -

आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीनजना भारतीय नागरिक पक्राउ

प्रकाशित मिति: २०७५ भदौ २७, बुधबार

1748
Shares

गोरखा, २७ भदौ २०७५ । औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि जथाभावी रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीनजना भारतीय नागरिकलार्ई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई झुक्याएर बिक्री गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित रफियावाद कलसाहजारापुर स्थायी घर भएका ३२ वर्षीय ररबर मोहमद, २६ वर्षीय रफी मोहमद र २३ वर्षीय जान मोहमद रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

उनीहरुले कम्मर दुखेको, खुट्टा दुखेको, पिनास, टाउको दुखेको औषधि भन्दै अवैध औषधि सर्वसाधारणलाई बिक्री गर्दै हिँडेका थिए । पक्राउ परेका तीनैजनाको साथबाट धतुरेको तेल, खुजुलीको औषधि, भियग्रा, पाइल्सका औषधिलगायतका औषधि भनिएका तेल, ट्याब्लेटलगायत बरामद गरिएको प्रनाउ नेपालले जानकारी दिनुभयो ।

बरामद गरिएका २४ थान झोल पदार्थ, १० थान ट्याब्लेट, १० वटा बट्टामा रहेका विभिन्न औषधिमा कुनैमा पनि ब्याच, नम्बर उल्लेख नभएको, लेभल नभएको तथा उत्पादन र प्रयोग गर्ने अवधिसमेत उल्लेख नभएको पाइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामग्रीले विभिन्न प्रकारका केमिकल मिसिएको हुन सक्ने प्रहरी प्रमुख नेपालले जानकारी दिनुभयो । उनीहरुले सर्वसाधारण झुक्याउँदै ती सामग्री महँगो बेच्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -