२०८२ चैत २९, आइतबार
७:२५:३४ बेलुका
- ADVERTISEMENT -

गोरखामा भेटिएको १० किलो सुन चिनियाँको

प्रकाशित मिति: २०७५ भदौ २६, मंगलबार

1531
Shares

गोरखा,२६ भाद्र २०७५ । गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप लामा र लोप्चन तेन्जेनलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा सुन सबै चिनियाँ नागरिकको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले जानकारी दिनुभयो ।

दुई जनाले पाँच÷पाँच किलो सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुलाई गोरखा प्रहरीले सोमबार गोरखामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

‘उनीहरु दुवैले सुन चिनियाँ नागरिकको हो भनेका छन्’, एसपी बस्नेतले भन्नुभयो– ‘उनीहरुले पहिलोपटक सुन बोकेर काठमाडौं जान लागेको बताएका छन् ।’ केही दिनअघि खाद्यान्न लिन जाँदा चिनियाँ नागरिकसँग भेटघाट गरी उनीहरुले १० किलो सुन काठमाडौँ पु¥याउने जिम्माका साथ बोकेर काठमाडौँ हिँडेका थिए ।

अहिले पक्राउ परेका दुई जनालाई चुमनुब्रीकै पासाङले चिनियाँ नागरिकसँग चिनजान र भेटघाट गराएको प्रहरी अनुसन्धानपछि खुलेको छ ।
पक्राउ परेका दुवैले चिनियाँ नागरिक च्याङ्चीनले सुन काठमाडौँ पु¥याए नेपाली ५० हजार रुपियाँ दिने बताएपछि उनीहरुले सुन बोकेको प्रहरीलाई बताएका छन् ।

‘च्याङ्चीनले सुनसहित पक्राउ परेका दुवैको मोबाइल नम्बर लिएर काठमाडौँ पुगेपछि फोन गर्ने र ५० हजार रुपियाँ दिने बाचाका साथ पठाएको रहेछ’ –एसपी बस्नेतले भन्नुभयो । उनीहरुले काठमाडौंको न्युरोडमा सुन पु¥याउने जिम्मा पाएका थिए । न्युरोड कहाँ कसलाई बुझाउन लागेको भन्नेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।

च्याङ्चीनले दिएको १० किलो सुन बोकेर उनीहरु छेकम्पार हिँडेका थिए । उनीहरुले प्रहरीलाई दिएको बयानमा जोंङगोङ बजारबाट नेपालको सिमानासम्म ट्याक्टरमा चढेर आएको र त्यसपछि हिँडेर छेकम्पार हुँदै काठमाडौँ जान सिर्दीबास झरेको बताएका छन् ।

सिर्दीबास प्रहरी चौकीमा पक्राउ परेका उनीहरुले प्रहरी नायव निरीक्षक तुलबहादुर सेनलाई सुनको पाँचवटा विस्कुट दिन्छु भन्दै फकाउन समेत भ्याएका थिए । ‘मलाई नै पाँचवटा बिस्कुट दिन्छु छोडिदिनु भनेर फकाएका थिए’, सेनले भन्नुभयो– ‘मैले तिमीहरुलाई कुनै हालतमा छोड्दिनँ भनेपछि १० वटा बिस्कुट नै दिन पनि तयार भएका थिए ।

मैले देशका लागि कसम खाएर काम गरेको मान्छे हुँ भन्दै जिल्लामा जानकारी गराएका थिए ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16