२०८२ चैत २९, आइतबार
७:१२:३२ बेलुका
- ADVERTISEMENT -

चलचित्र ‘सायाबुङ’ को काठमाण्डौमा विशेष प्रदर्शन हुने

प्रकाशित मिति: २०७५ भदौ २५, सोमबार

1788
Shares

काठमाडौं, २५ भाद्र २०७५ । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा भदौ ३० गते ‘सायाबुङ’को विशेष प्रदर्शन हुने निर्माण पक्षले आज सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको छ । द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित रहेको छ । चलचित्रमा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ । चलचित्रको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि पनि चलचित्र नेपाली भाषामा रहेको छ ।

पूर्वी नेपालको उच्च पहाडी भेग जहाँ गाई तथा चौरी गोठ पालनको संस्कृती रहेको छ । उक्त संस्कृतीलाई पनि चलचित्रमा समेटिएको निर्देशक भगिराज राईले जानकारी दिनुभयो । चलचित्रका बारेमा  थप प्रष्ट्याउँदै राईले भन्नुभयो,  सायाबुङ अप्ठेरोमा फुलेको फुल हो, हिमाली भेगमा गोठ बसाउने चलन छ, जुन बस्ती भन्दा धेरै टाढा हुन्छ, त्यहि गोठ पालन गर्ने सुदुर ठाउँमा रहेको युवा र बस्तीमा रहेकी युवती बीच हुर्किएको एउटा  अर्गानिक प्रेम कथा यसमा समेटिएको छ ।

“भाषा संस्कृती संरक्षणमा थोरै भएपनि योगदान गरौ” भन्ने उद्देश्यले उक्त चलचित्र निर्माण गरिएको निर्माता साया राईले जानकारी दिनुभयो । चलचित्रको छायाँङ्कन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।

सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेका छन् । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको छ । देबजंग थापाले सम्पादन गरेका छन् । चलचित्रमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ ।

काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले जानकारी दिनुभयो । त्यसैगरी भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16