- ADVERTISEMENT -

यौनजन्य अपराध न्यूनीकरण गर्न ‘स्कुल–स्कुलमा प्रहरी’

September 10, 2018
1391
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २५ भाद्र २०७५ । यौनजन्य अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि ‘स्कुल–स्कुलमा प्रहरी’ कार्यक्रम आजदेखि शुरु भएको छ ।

अपराध न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेश ३ प्रहरी कार्यालयको आयोजनामा प्रदेशका सम्पूर्ण मातहत जिल्लामा आजदेखि ‘स्कुल–स्कुलमा प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

बालबालिकालाई सुरक्षित राख्न स्कुल–स्कुलमा प्रहरी कार्यक्रममार्फत प्रहरी कार्यालयमतहतका सम्पूर्ण सरकारी तथा निजी स्कुलमा कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई जानकारी गराउने लक्ष्य रहेको प्रदेश ३ प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।

उक्त कार्यालयले आफ्नामातहतका १० वटै जिल्लालाई आ–आफ्नो इलाकामा रहेका विद्यालयमा स्थानीय तहलगायत अन्य सामाजिक संघसंस्थाको समन्वयमा यौनजन्य अपराधका घटना नियन्त्रण र न्यूनीकरणका लागि सम्पूर्ण शिक्षण संस्थामा ‘स्कुल–स्कुलमा प्रहरी कार्यक्रम’ सञ्चालन गर्न निर्देशन दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -