२०८३ वैशाख ८, मंगलबार
३:५५:५४ दिउँसो
- ADVERTISEMENT -

काँग्रेसमा आठ तहको पार्टी संरचना प्रस्ताव

प्रकाशित मिति: २०७५ भदौ २५, सोमबार

1471
Shares

काठमाडौं, भदौ २५ गते । नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा पार्टीको नयाँ संरचना निर्माणका विषयमा छलफल हुन थालेको छ । विधान मस्यौदा समितिले गठन गरेको तीनवटा उपसमितिमा पार्टी संरचनाका विषयमा छलफल तीव्र बनाइएको र मूल समितिको बैठकमा छलफलको प्रतिवेदन प्रस्तुत गरिने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

विधान मस्यौदा समितिका संयोजकसमेत रहनुभएका खड्काले पार्टीको संरचनाका विषयमा उपसमितिमा छलफल भइरहेको जानकारी दिंदै मूल समितिमा प्रतिवेदन प्रस्तुत भएपछि खाका तयार हुने बताउनुभयो ।

पार्टीको संरचना तयार गर्न गठित उपसमितिका नेता फरमुल्लाह मन्सुरले पार्टीको केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको संरचना बनाउने प्रस्ताव गरिएको बताउनुभयो । केन्द्रीय संरचनामा पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ । नेता मन्सुरका अनुसार, केन्द्रीय कार्य समितिको संख्या १३१ हुने छ । जसमा सभापति, दुई उपसभापति, वरिष्ठ नेता, दुई महामन्त्री, तीन सह–महामन्त्री र एक कोषाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ । हाल उपसभापति र सहमहामन्त्री एक एक जना रहने व्यवस्था छ ।

उहाँले केन्द्र, प्रदेश, जिल्ला, प्रदेशस्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रस्तरीय कार्यसमिति, गाउँ–नगर समिति, वडा तह र मतदान केन्द्र लक्षित संरचनाको प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

उपसभापति पदमा एक महिला र एक पुरुष तोक्ने वा नतोक्ने भन्ने टुङ्गो भने लागेको छैन । नेपालको संविधानले राजनीतिक दलका पार्टी संरचनामा पनि महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनैपर्ने प्रावधान राखेको छ । यसले कार्य समितिको संख्या ठूलो हुनेछ । साथै पुरानो लोकतान्त्रिक पार्टी भएकाले त्यसै अनुसारको समावेशी संगठन बनाउन पनि नेताहरूको आग्रह रहँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81