२०८३ वैशाख ८, मंगलबार
३:१६:१२ दिउँसो
- ADVERTISEMENT -

नेविसंघको महाधिवेशन कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा गर्ने प्रस्ताव

प्रकाशित मिति: २०७५ भदौ २३, शनिबार

1772
Shares

काठमाडौं, २३ भदौ २०७५ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन आगामी कात्तिक १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने क्रममा सो प्रस्ताव गरेका हुन् । बैठकमा निर्देशन समितिका सदस्य नवीन्द्रराज जोशी र प्रदीप पौडेलको समेत उपस्थिति रहेको थियो ।

केन्द्रीय सदस्य तथा निर्देशन समितिका सदस्य पौडेलले निर्देशन समितिले दिएको निर्देशन अनुसार शनिबार नेविसंघ नेतृत्वले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको बताए ।

कार्यतालिका अनुसार अध्यक्षले महाधिवेशनको उद्घाटन कात्तिक १६ गते शुक्रबार गर्ने प्रस्ताव गरेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए । यस्तै १७ गते बन्दसत्र र १८ गते मतदान गर्दैै नेतृत्वको चयन गरिने प्रस्ताव गरिएको भट्टले जानकारी दिए ।

यसअघि उपत्यका बाहिरका क्याम्पस अधिवेशन असोज ७ गते, गाउँपालिका तथा नगरपालिकाको अधिवेशन असोज १२ गते, प्रदेश क्षेत्रको असोज १५ गते, जिल्ला र विदेशस्थित सम्पर्क समितिको असोज २१ गते, उपत्यका क्याम्पसको असोज २३ गते र प्रदेशको कात्तिक १० गते अधिवेशन सक्ने तय भएको छ ।

यस्तै नेविसंघको केन्द्रीय कार्यसमिति ७८ जना निर्वाचित र २३ जना मनोनित गरी १०१ सदस्सीय रहने पनि प्रस्ताव गरिएको छ । विगतको महाधिवेशनमा उमेर हद लागू गरिएको भएपनि शनिबार अध्यक्षले प्रस्ताव गरेको दस्ताबेजमा उमेर हदबारे उल्लेख गरिएको छैन ।

नेवि संघको दुई वर्षे कार्यकाल भदौ पहिलो साता सकिएपछि पार्टीले संगठनलाई महाधिवेशन गर्ने समय तीन महिनाका लागि थप गरेको थियो ।

दुई वर्षभित्रै नयाँ नेतृत्व चयन गर्नुपर्ने भएपनि नेविसंघभित्रको आपसी विवादले समयमा महाधिवेशन हुन नसकेको बताइन्छ ।

तर, भदौ २ गते नेविसंघभित्रको संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको थियो । यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न सहमति दिएको थियो ।

त्यस्तै निर्देशक समितिले १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न निर्देशन पनि दिएको थियो । सोही अनुसार अध्यक्षले शनिबारको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।

अध्यक्षको संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका बारे निर्देशन समिति र संगठनले पारित गरेपछि आधिकारिक निर्णय गरेर महाधिवेशनमा होमिने नेविसंघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81