२०८२ चैत २९, आइतबार
६:४३:१७ बेलुका
- ADVERTISEMENT -

जिल्ला प्रशासन कार्यालय गोरखाको नवनिर्मित भवनको उद्घाटन

प्रकाशित मिति: २०७५ भदौ २३, शनिबार

1607
Shares

गोरखा, भदौ २३ । गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना नरहेको बताएका छन् । २० औं वासु स्मृति दिवसमा सहभागी हुन शनिबार गोरखा पुगेका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरको कुरा सत्य नभएको बताउनु भएको छ ।

बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन, गृहमन्त्री थापाले भने, “यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन् ।”

सरकारले छ महिनामा थुप्रै उल्लेखिए काम गरेको दाबी गर्दै गृहमन्त्री थापाले सरकारको कामलाई अझ गति र व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाले यातायातका क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, भ्रष्टाचार न्यूनीकरणमा विशेष पहल, तस्कर नियन्त्रणलगायतका क्षेत्रमा सरकारले विशेष काम गरेको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाले समयमा विकास निर्माणका काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन सरकार लागिपरेको बताउनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “ठेकेदारलाई कारवाही गर्न सरकार पछि हटेको भन्ने होइन, अहिले पहिलेको तुलनामा ठेकेदारले काम गरिरहेका छन्, उनीहरुको कामबाट सुरक्षा हिसाबले समस्या भए जोसुकैलाई कारवाहीको दायरामा ल्याउँछौँ ।”

उहाले जनताले विकास आर्थिक समृद्धि, सुशासन र स्थायित्वका लागि दिएको जनादेशलाई सरकारले इमान्दारीपूर्वक निर्वाह गर्र्दै आइरहेको बताउनुभयो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीतर्फ लक्षित गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “अहिले केही तत्वहरुले सङ्घीयता कार्यान्वयन हुन नदिन, समाजमा अराजकता मच्चाउन लागिपरेका छन्, तिनीहरुलाई पनि नियन्त्रणमा ल्याइसकेका छौँ ।”

गृहमन्त्रीले जिल्लास्थित सुरक्षा समितिको बैठकमा जिल्लाभित्रको शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री थापाले आजै निर्माणाधीन गोरखाको ऐतिहासिक तथा धार्मिकस्थल गोरखाकाली मन्दिरको अवलोकन गर्नुका साथै भूकम्पपछि निर्माण सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभयो ।

भूकम्पको केन्द्रबिन्दु बारपाकको अुनगमनका लागि जाने गृहमन्त्री थापाको कार्यक्रम रहेपनि प्रतिकुल मौसमका कारण त्यहाँ हेलिकप्टर ओर्लन नसकेपछि सिधै सदरमुकाम आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16