२०८३ वैशाख ६, आइतबार
६:४३:०८ बेलुका
- ADVERTISEMENT -

अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटना

प्रकाशित मिति: २०७५ भदौ २३, शनिबार

1922
Shares

काठमाडौं, भदौ २३

गोरखाको सामागाउँबाट ५ जना नेपाली र एक जापानी नागरिकसहित ६ जना यात्रु बोकेर उडेको अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटनामा परेको छ । अल्टिच्युड एयरका अनुसार, शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो । उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।

कल साइन ९एन–एएलएसको हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्का चुमनुब्री गाउँपालिका–२ ल्हो आनि डोल्पा डिकि, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिनुभयो । ‘हेलिकप्टर धादिङको कुनै गाउँमा अवतरण भएको आशंका छ, हामी लोकेसन पत्ता लगाउँदै छौं, कम्पनीको अर्को हेलिकप्टर लिएर खोजीमा रहेका अल्टिच्युडका सञ्चालक सीताराम सापकोटाले जानकारी दिनुभयो । काठमाडौं विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार, यो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो । घटनास्थल धादिङको रिम्झी आसपासमा रहेको अनुमान गरिएको छ । यो हेलिकप्टर एयबस कम्पनीको बिथ्रीई भर्सनको हो । अल्टिच्युडले २ वर्षअघि यसलाई कार्गोमार्फत ल्याएर यतै एसम्बल गराएको थियो ।

स्थानीय बासिन्दामार्फत नुवाकोट र धादिङको सिमाना मोघाङ गाउँपालिका १ र २ को बीचमा पर्ने बसन्ते जंगलमा देखिएको सूचनाका आधारमा धादिङको दार्का प्रहरी चौकी र नुवाकोटबाट प्रहरी टोली खटाएको एसपी डम्बरबहादुर विकले बताउनु भयो । काठमाडौं विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीकाअनुसार उद्धारकालागि गएकोअल्टिच्युडको अर्को हेलिकप्टर मौषमको खराबीका कारण घटनास्थलमा अवतरण गर्न नसकेर फर्किएको छ । घटनास्थल नजिकैको चौकीबाट प्रहरी परिचालन गरिएको छ । तर उनीहरु घटनास्थल पुगिसकेका छैनन ।

तिवारीका अनुसार, स्थानीय प्रहरी चौकीदेखि घटनास्थल २ घण्टाको दुरीमा रहेको अनुमान छ । काठमाडौंबाट सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको छ । खोजी तथा उद्धारकालागि काठमाडौंबाट बिहान गएको अल्टीच्यूटको हेलिकप्टर खराब मौसमका कारण त्यहा बस्न नसकेर काठमाडौं आइर फेरि फर्केर दोस्रोपटक गएको छ । मेघाम गाउँपालिका–४ अध्यक्ष कमलबहादुर तमाङका अनुसारज‌ंगलमा पड्किएको आवाज आएको गाँउलेले सुने पनि कुहिरो लागेका कारण केही देख्न नसकिएको बताउनु भयो । गाँउलेहरु खोजीमा गइरहेको उहाले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98