काठमाण्डौं, २२ भाद्र २०७५ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले महासमिति बैठकअघि सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

कांग्रेसले उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत मुलुकका सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

महासमिति बैठक भने मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने तय भइसकेको छ । तर, यसअघि नै दसैंअघि र पछि पारेर सातवटै प्रदेशमा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएको उपसभापति निधिले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्