टोकियो, २२ भाद्र २०७५ । नेपाली जनसम्पर्क समिति जापानको केन्द्रिय कमिटीबाट क्षेत्रीय समितीको अधिवेशन सेप्टेम्बर ३० तारिखसम्म सम्पन्न हुने भएको छ ।
आगामी सातौ अधिवेशनका लागी जनसम्पर्क समिती जापानको केन्द्रिय समितीले गरेको निर्णय अनुसार क्षेत्रिय अधिवेशन गर्ने तयारीमा रहेको तोकाई हिकुरिकु (नागोया) क्षेत्रीय समितीले अधिवेशन तयारी तिव्र रुपमा अगाडी बढेको नेपाली जनसम्पर्क समिति तोकाई हिकुरिकु (नागोया) जापान क्षेत्रीय समितिका सभापति पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।
अधिवेशन तयारीकै क्रममा जनसम्पर्क समिती जापानको महिला उप-सभापति साधना घि मिरेको संयोजकत्वमा डिलाराम खरेल र पारसमणी पोख्रेल सहितको ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ ।
यस क्षेत्रवाट सदस्यता लिन चाहानु हुने पार्टीका क्रियाशिल सदस्यहरुका लागी सुचना जारी गर्दै सेप्टेम्वर २१तारिखसम्म सदस्यता लिनुहुन सवैमा आग्रह गरिएको छ । अधिबेशन साकुरायामा नागोया प्रसिद्द रेस्टुरेन्ट माथिको हलमा दिउसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
सदस्यता लिन चाहानु हुने कांग्रेसमा आस्थावान सदस्यहरुले निम्न व्याक्तिहरुलाई सम्पर्क गरी सदस्यता लिन आग्रह समेत गरेको छ ।
तल उल्लेखित महानुभाबहरुलाई सम्पर्क गर्न अनुरोध गर्दछौ ।