- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सरकारले कर बढाएको हल्ला ‘फेसबुके’ समाचार : अर्थमन्त्री खतिवडा

September 3, 2018
1303
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सप्तरी, १७ भदौ २०७५ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले कर बढाएको हल्लालाई ‘फेसबुके’ समाचार भएको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै उत्त कुरा बताएका हुन् । अर्थमन्त्री खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

मन्त्री खतिवडाले प्रदेशभित्र प्रदेश सरकारको पनि केही अधिकार रहने भए पनि यस विषयमा छलफल जरुरी रहेको बताए । ‘कुनै पनि करको दर बढाइएको छैन, यो हल्ला मात्रै हो’ खतिवडाले भने, ‘कुनै पनि सामान बिक्री गर्न जाँदा बजारमा हुने फोहोर नगरपालिकाका मेयरले आफ्नो गोजीबाट रकम तिरेर सफा गराउने हो ? यसैले थोरै कर लगाउँदा पनि धेरै करको दर बढाइएको भनेर हल्ला चलाइएको छ ।

“कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन पाइदैन,”’ स्थानीय तहको विकास गर्नु जरुरी रहेकाले जनताले कर तिर्ने बानीको विकास गर्नु पर्छ, जनप्रतिनिधिले जनताले तिरेको कर सही ठाउँमा सदुपयोग गर्नुपर्छ ।” करको बारेमा जनता सचेत भए त्यसको दुरुपयोग रोकिने उनको भनाइ थियो । ’

- ADVERTISEMENT -

Advertisement

साथै उनले बैंकहरु केन्द्रीय नीति अनुसार चल्ने भएकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताएका छन् ।

जनै पूर्णिमाको दिन पनि प्रदेश २ सरकारले सार्वजनिक विदा दिँदा पनि कार्यालय खोलेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा आफैले ताला लगाए थिए ।

भदौ १७ गते कृष्णा जन्मष्टमीको दिन पनि प्रदेश सरकारले दिएको विदामा पनि कार्यालय खोलेको भन्दै मन्त्री नै बैंक अगाडि धर्नामा बसेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com