२०८३ वैशाख ६, आइतबार
११:२६:५७ राति
- ADVERTISEMENT -

काँग्रेसले विधान संशोधन मस्यौदा तयार पार्न ३ वटा उपसमिति गठन

प्रकाशित मिति: २०७५ भदौ १८, सोमबार

1659
Shares

काठमाण्डौं, भाद्र, १८

नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा तयार पार्न ३ वटा उपसमिति गठन गरिएको छ । नेपाली काँग्रेस विधान संशोधन मस्यौदा समितिले आईतबार पत्रकार सम्मलेन गरी विधानको प्रारम्भिक मस्यौदा तयार पार्न संरचनासम्बन्धि उपसमिति, कार्य विभाजनसम्बन्धि उपसमिति र अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धि उपसमिति गठन गरिएको जानकारी गराएको हो ।

राज्यको पुनर्संरचना अनुसार पार्टीको विधान संशोधन गर्ने जिम्मेवारी पाएको संरचनासम्बन्धि उपसमितिमा फरमूल्लाह मन्सुर संयोजक तथा आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी र महालक्ष्मी डिना सदस्य रहनु भएको छ ।

त्यसैगरी पार्टीका सबै निकायको काम, कर्तव्य र अधिकारका प्रारम्भिक मस्यौदा तयार पार्ने जिम्मेवारी डा. मिनेन्द्र रिजाल संयोजक तथा दिलेन्द्रप्रसाद बडु, सिता गुरुङ र मदनबहादुर अमात्य रहनु भएको कार्य विभाजनसम्बन्धि उपसमितिलाई दिइएको छ । मानबहादुर विश्वकर्मा संयोजक तथा रमेश लेखक, प्रदिप पौडेल र अमरसिंह पुन अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धि उपसमितिमा रहनु भएको छ ।

तीन वटै उपसमितिले आगामी भाद्र २३ गते भित्र विधान संशोधन सम्बन्धि प्रारम्भिक मस्यौदा तयार पारी समितिमा पेश गर्ने कार्यादेश पनि दिइएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिनु भयो ।

उपसमितिहरुले पेश गरेको प्रारम्भिक मस्यौदालाई समितिले एकीकृत गर्नेछ । एकीकृत मस्यौदामाथि छलफल गर्न प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिने पनि प्रवक्ता लेखकले जानकारी दिनु भयो । प्रदेशले लिएको सुझावको आधार परिमार्जन गरेर एकीकृत विधान मस्यौदालाई तयार पारी केन्द्रिय समितिमा बुझाइनेछ ।

नेपाली काँग्रेसले राज्यको पुनर्संरचना अनुसार पार्टीको विधान तयार पार्न महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले भदौ महिना भित्र तयार हुने गरी पार्टीको विधान संशोधन मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ ।

प्रवक्ता लेखकले विधान संशोधनको मस्यौदा तयार पार्नका लागि आवश्यक आधार र क्षेत्र पहिचानको काम सम्पन्न गरिएको पनि स्पष्ट पार्नु भयो । विधान संशोधन मस्यौदा समितिले विधान संशोधनका लागि यही भाद्र २१ गते भित्र आवश्यक सुझाव दिन पनि पार्टीको केन्द्रदेखि वडा तहसम्मलाई यस अघि नै आह्वान गरिसकेको छ । विधान मस्यौदा समितिले तयार पारेको विधानलाई पारित गर्न नेपाली काँग्रेसले मंसीर पहिलो हप्ता महासमिति बैठक बोलाउने निर्णय गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98