२०८२ चैत २९, आइतबार
७:०३:३९ बेलुका
- ADVERTISEMENT -

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

प्रकाशित मिति: २०७५ भदौ १७, आइतबार

2003
Shares

ललितपुर, भदौ १७ गते । भदौ कृष्ण अष्टमीका दिन आइतबार (आज) भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्मोत्सव मनाइँदैछ । द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उहाँको जन्म भएको मानिन्छ ।
कर्म गर फलको आशा नगर भन्ने कृष्णवाणी मनन योग्य छ । सूर्य योगमा भगवान् रामको जन्म भएको मानिए जस्तै चन्द्र योगमा भगवान् कृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

चन्द्र योगको उत्तम वस्तु दुग्ध पदार्थ रहेकाले भगवान् श्रीकृष्णमा दही मखन रुचाउने स्वभाव रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ । दही मखन चढाउँदा श्रीकृष्ण प्रशन्न हुनुहुन्छ भन्ने मान्यता छ । आफैँमा रसरङ र गोपिनीसँगको राशलिलासँग जोडिएको उहाँका अनेकौँ घतलाग्दा रोमाञ्चकारी प्रसङ्ग पुराणहरूमा पाइन्छ ।

ज्ञान कर्म र भक्तियोगका प्रणेताका रूपमा उहाँलाई पुजिन्छ । पाटनको कृष्ण मन्दिर, पशुपति मन्दिर परिसरको स्वेतवर्ण कृष्ण, गोठाटारको कृष्ण मन्दिर, हनुमानढोकाको कृष्ण मन्दिर लगायत सवै कृष्ण मन्दिरमा यो दिन मेला लाग्छ । कृष्ण प्रणामी र इस्कोन समुदायले बुढानीलकण्ठमा यसै अवसरमा उत्सव राखेका छन् ।

डिल्लीबजारको रामचन्द्र बहालमा टोलवासीले भगवान् श्रीकृष्णका चरित्र झल्कने तस्विर प्रदर्शन गर्दैछन् । गुह्येश्वरीका पुजारी हरिकृष्ण कर्माचार्यले पितापुर्खाले चलाइ आएको श्रीकृष्ण खटयात्रालाई कुमारीगाल र गुह्येश्वरीमा निरन्तरता दिँदै हुनुहुन्छ ।

धेरै वर्षदेखि रोकिएको यो यात्रा विगत केही वर्षयता निरन्तर चलिरहेको छ । यसै सिलसिलामा पाटन कृष्ण मन्दिरमा भक्तजनको सुविधाका लागि आवश्यक तयारी गरिएको छ । गुठी संस्थान पाटन शाखा कार्यालय प्रमुख शैलेन्द्र पौडेलका अनुसार श्रीकृष्णको मूर्ति र खराउमा भक्तजनले अर्चना गर्न सक्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16