- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानमन्त्री अरु देशका पनि आएका छन्, तर सेना किन भारतको मात्र आयो ?

August 30, 2018
1513
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १४ भदौ २०७५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेकको चौथो सम्मेलनका लागि बिहीबार बिहान काठमाडौँ ओर्लिएका छन् । उनी काठमाडौँ ओर्लिनुअघि नै उनको सुरक्षाका लागि भारतीय सुरक्षा फौजको विशेष टोली काठमाडौँ आइसकेको छ । सम्मेलनमा आएकामध्ये मोदीका लागि सरकारले पनि विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।

मोदी काठमाडौँ ओर्लिनुअघि नै काठमाडौँमा विशेष सुरक्षा व्यवस्था अपनाइएको थियो । मोदी सवार विशेष जहाज काठमाडौँमा अवतरण हुनुअघि त्रिभुवन विमानस्थलबाट हुने सबै उडान करिब एक घण्टा ठप्प बनाइएको थियो ।मोदीको सुरक्षाका लागि केही दिनदेखि भारतीय सेनाको विशेष टोली काठमाडौँमै तैनाथ थियो । उनको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीले पनि आवश्यक तयारी गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

मोदीको सुरक्षाका लागि केही दिनअघि भारतीय सेनाको टोलीसँगै बुलेटप्रुफ गाडी पनि भारतबाटै ल्याइएको थियो । मोदी आउने भएपछि नेपाली सेनाले काठमाडौँको आकाशमा बिहानैबाट हवाई गस्ती गरेको थियो ।छिमेकी देशका भीभीआईपीको सुरक्षामा सरकारले विशेष सतर्कता अपनाएको हो । विदेशका भीभीआईपी पाहुनाको सुरक्षाको जिम्ममा नेपाली सेनाको कमाण्डमा राखिएको छ ।

नेपाली सेनाले सरकारबाट पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न विशेष सुरक्षा सजगता अपनाइएको जनाएको छ । यसअघि बुधबार नेपाल आएका विदेशी भीभीआईपीको सुरक्षामा पनि सरकारले विशेष सतर्कता अपनाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com