२०८२ चैत २७, शुक्रबार
१०:३४:३६ राति
- ADVERTISEMENT -

बिम्स्टेक सम्मेलनलाई शान्त, दिगो, विकासतर्फ उन्मुख बनाउन प्रधानमन्त्रीको आव्हान

प्रकाशित मिति: २०७५ भदौ १४, बिहीबार

1541
Shares

काठमाडौँ,१४ भाद्र १४, २०७५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ ।

प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी भएका छन् ।

शिखर सम्मेलनमा म्यान्माका राष्ट्रपति विन मिन्त र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आआफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुनुभएको छ ।

सम्मेलनमा कायममुकायम प्रधानन्याधीश, सङ्घीय संसद्का सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, बिम्स्टेकका महासचिव, नेपाल सरकारका वरिष्ठ अधिकारीलगायत उपस्थित रहेका छन् ।

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमानुसार सम्बोधन गर्दै छन् । ‘शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’मा केन्द्रित रहेर उनिहरुले आफ्ना अभिव्यक्ति प्रकट गर्नेछन् । काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ । यसअघि सन् २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मामा बिम्स्टेक शिखर सम्मेलन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.96
148.56
EUR
European Euro
1
172.82
173.53
GBP
UK Pound Sterling
1
198.45
199.26
CHF
Swiss Franc
1
187.05
187.81
AUD
Australian Dollar
1
104.13
104.55
CAD
Canadian Dollar
1
106.86
107.29
SGD
Singapore Dollar
1
116.07
116.54
JPY
Japanese Yen
10
9.31
9.35
CNY
Chinese Yuan
1
21.64
21.72
SAR
Saudi Arabian Riyal
1
39.43
39.59
QAR
Qatari Riyal
1
40.58
40.75
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
37.15
37.30
KRW
South Korean Won
100
9.99
10.03
SEK
Swedish Kroner
1
15.88
15.95
DKK
Danish Kroner
1
23.13
23.22
HKD
Hong Kong Dollar
1
18.89
18.96
KWD
Kuwaity Dinar
1
482.74
484.70
BHD
Bahrain Dinar
1
392.21
393.80
OMR
Omani Rial
1
384.31
385.87