२०८३ वैशाख २, बुधबार
७:४७:२५ बेलुका
- ADVERTISEMENT -

गोरखा कांग्रेसद्वारा नगर तथा गाउँपालिका संयोजक चयन

प्रकाशित मिति: २०७५ भदौ १४, बिहीबार

2061
Shares

गोरखा, १४ भदौ २०७५ । नेपाली कांग्रेस गोरखाले सबै स्थानीय तह स्तरको पार्टी संयोजक चयन गरेको छ । जिल्ला समिति बैठकले नौ गाउँपालिका र दुई नगरपालिकास्तरको संयोजक तथा महिला संयोजक चयन गरेको जिल्ला सभापति हरिबहादुर घलेले जानकारी दिनुभयो ।

सदरमुकाम रहेको गोरखा नगरपालिकाका पार्टी संयोजकको जिम्मेवारी यसअघिकै नगरसभापति चन्दनबाबु खत्रीलाई दिएको छ भने महिला संयोजकमा महिला संघकी अध्यक्ष बिनाकुमारी श्रेष्ठलाई चयन गरेको सभापति घलेले जानकारी दिनुभएको हो । श्रेष्ठ नगरपालिकाकी उपमेयर समेत हुन् ।

त्यस्तै, पालुङ्टार नगरपालिकाको संयोजकमा यसअघिकै नगरसभापति दीपकबाबु कँडेल चयन भएका छन् भने महिला संयोजकमा चेतकुमारी श्रेष्ठ चयन भएकी छन् । कँडेल पालुङ्टार नगरपालिकाका मेयर समेत हुन् ।

सिरानचोक गाउँपालिकाका कांग्रेस पार्टी संयोजकमा कृष्णप्रसाद पोखरेल (छोप्राक) चयन भएका छन् भने महिला संयोजकमा रीता देवकोटा चयन भएकी छन् । त्यस्तै, अजीरकोट गाउँपालिकाका संयोजकमा ओमबहादुर गुरुङ चयन भएका छन् भने महिला संयोजकमा चन्द्रमाया गुरुङ चयन भएकी छन् ।

त्यस्तै, बारपाक सुलीकोट गाउँपालिकाका संयोजकमा जीतबहादुर घले चयन भएका छन् भने महिला संयोजकमा अम्बिका थापा चयन भएकी जिल्ला सभापति घलेले जानकारी दिनुभयो ।

त्यसैगरी धार्चे गाउँपालिकाका कांग्रेस पार्टी संयोजकमा माला गुरुङ चयन भएका छन् भने महिला संयोजकमा फूलमाया गुरुङ चयन भएका छन् । चुमनुब्री गाउँपालिकाका संयोजकमा सूर्य गुरुङ चयन भएका छन् भने सो गाउँपालिकामा महिला संयोजक चयन नगरिएको घलेले जानकारी दिनुभयो ।

त्यस्तै आरुघाट गाउँपालिकाका संयोजकमा गगन अधिकारी चयन भएका छन् भने महिला संयोजकमा कल्पना नेपाली चयन भएकी छन् । भीमसेनथापा गाउँपालिकाका संयोजकमा भरत भट्ट चयन भएका छन् भने महिला संयोजकमा बिनु वाग्ले चयन भएकी छन् ।

त्यस्तै शहिदलखन गाउँपालिकाका संयोजकमा खुनप्रसाद रेग्मी चयन भएका छन् भने महिला संयोजकमा सर्मिला श्रेष्ठ चयन भएकी छन् । गण्डकी गाउँपालिकाका संयोजकमा भीमप्रसाद अर्याल चयन भएका छन् भने महिला संयोजकमा ललिता अधिकारी चयन भएकी सभापति घलेले जानकारी दिनुभयो ।

बारपाक सुलीकोट र सहिदलखन गाउँपालिकाबाहेक सबै गाउँपालिकाका महिला संयोजक उपप्रमुखमा निर्वाचित जनप्रतिनिधि समेत हुन् । ती दुई गाउँपालिकामा नेकपाबाट विजयी उपप्रमुख भएकाले पार्टी संयोजकमा नयाँ संयोजक चयन गरिएको कांग्रेसले जनाएको छ ।अर्को महाधिवेशनसम्म नवनिर्वाचित संयोजकको कार्यअवधि रहने व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85