Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:२४ बिहान
- ADVERTISEMENT -

भड्किलो तीज : हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै

प्रकाशित मिति: २०७५ भदौ ८, शुक्रबार

2409
Shares

पोखरा, ८ भदौ । तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने चाड हो । महिला भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिन ब्रत बस्ने र पञ्चमीका दिन ऋषिपञ्चमीको पूजा पर्ने गरिन्छ । धार्मिक विश्वासअनुसार भगवान् शिवको सुस्वास्थ्यको कामना गर्दै माता पार्वतीले हरितालिका तीजको ब्रत बसेको धार्मिक विश्वासका आधारमा त्यसै बेलादेखि तीज पर्व मनाउँदै आएको पाइन्छ ।

नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ । तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ ।

बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै भड्किलो बन्दै गएको नारी जागरण अभियानकी अभियन्ता एवं पोखरा महानगरपालिका–५ की वडासदस्य अञ्जु केसीले बताउनुभयो ।

“एक डेढ महिनाअघिदेखि नै महङ्गा होटल तथा रेष्टुराँमा गएर तीजका नाममा भोज खाने प्रबृत्तिले यस पर्वप्रति नै नकारात्मक भावना बढाएको छ,” उहाले भन्नुभयो । धेरै मूल्य पर्ने गरगहना तथा लत्ताकपडा लगाउने र समाजमा आडम्वरपन देखाउने प्रबृत्तिले तीजको संस्कृतिलाई विकृत बनाइरहेको उनको भनाइ थियो ।

तीजको आफ्नै मौलिकता रहे पनि आर्थिक आडम्बरका कारण यसको मौलिकताम समेत ह्रास हुँदै गएको राष्ट्रिय नारी साहित्य परिषद् नेपालकी जिल्लासदस्य अम्बिका भण्डारीले बताउनुभयो । “धन प्रशस्त हुनेले तीजलाई भड्किलो बनाउँदा यसले विकृति त ल्याएको छ नै, तीजका मौलिक गीतसमेत हराउँदा पछिल्ला वर्षमा यो रत्यौली जस्तो बनेको छ,” भन्नुभयो ।

नारीका दुःख, सुखका कथा, व्यथा, समाजको जीवन्त चित्रणलाई तीजको गीतमार्फत् प्रस्तुत गरिँदै आएकामा यसको मौलिकता हराउँदै उच्छृङ्खलपूर्ण गायन एवं छायाङ्कनले गम्भीर चिन्ताको विषय बनाएको उनको भनाइ थियो । केही वर्ष अघिदेखि तीजका नाममा महङ्गा गहाना र कपडाको प्रदर्शन गर्ने प्रवृत्ति चुलिएको भए पनि पछिल्ला वर्ष भने त्यसमा नियन्त्रण आएको मितेरी नारी समूहकी अध्यक्ष मीरा पौडेलको धारणा थियो ।

महङ्गा गरगहनाको प्रयोग कम हुँदै गए पनि खानपिन र भोजभतेरमा भने अझै नियन्त्रण हुन नसकेको बताउँदै उनले त्यसका लागि प्रत्येक टोल तथा समुदायमा सचेतना अभियान सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए । नेपाली समाजमा वि सं २०६६ पछि २०७० सम्म तीजमा महङ्गा गरगहनाको प्रयोग निकै बढेको पाइन्छ । यस समयमा जग्गाको अत्याधिक किनबेचसँगै गरगहनाको प्रयोग त्यही रूपमा बढेको हुनसक्ने महिला विकास समिति, पोखराकी सदस्य सीता भुसालको धारणा थियो ।

आर्थिक सम्पन्नताको प्रदर्शनकै लागि महङ्गा गरगहना लगाउने, महङ्गा होटेलमा डेढ महिनाअघिदेखि नै भोज खाने बढ्दो क्रमले विपन्न वर्गमा मनोवैज्ञानिक असर पार्ने उल्लेख गर्दै उनले तीजजस्ता धार्मिक आस्थाका संस्कृति विकृतिमा परिणत भएकाले सामाजिक सङ्घ संस्थाको सहकार्यमा जागरण अभियान थाल्नु अपरिहार्य भएको बताएका थिए ।

मीतेरी नारी समूहकी पूर्वअध्यक्ष पवित्रा जिसीले एकताबद्ध प्रयासबाट सचेतना अभियान अघि बढाउन सके समाजमा हुनेखाने र हुँदा खानेबीचको बढ्दो दूरीलाई कम गर्दै तीज पर्वको मौलिकतालाई जगेर्ना गर्न महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -