२०८३ वैशाख ६, आइतबार
११:१७:२८ राति
- ADVERTISEMENT -

कांग्रेस केन्द्रीय समिति बैठक सहमति नजुटेपछि स्थगित

प्रकाशित मिति: २०७५ भदौ ८, शुक्रबार

1678
Shares

काठमाडौँ, ८ भदौ २०७५ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक एजेन्डा तय नभएको कारण देखाउदै स्थगित भएको छ । आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर क्रियाशील सदस्यता र विभाग गठन लगायतका विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसकेपछि भोलिलाई सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

बैठकका एजेण्डा तय गर्न शुक्रबार बसेको शीर्ष नेताहरुको बैठक ढिलासम्म चलेको थियो । तर, एजेण्डाबारे शीर्षस्थ नेताहरु टुंगोमा पुग्न नसकेको स्रोतले बतायो ।

बिहीबार सभापति शेरबहादुर देउवाले गठन गरेको ११ सदस्यीय विधान मस्यौदा समितिमा अर्का नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि राख्दै बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि आजको बैठक स्थगित भएको हो ।

आज चार घण्टासम्म सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलपक्षबीच आन्तरिक छलफल भएको थियो ।

छलफलका क्रममा गत असारमा भएको जिल्ला सभापतिहरुको भेलाको निर्णयअनुसार विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुको पनि प्रतिनिधित्व हुनुपर्नेमा समितिमा केन्द्रीय सदस्यमात्रै राखेको भन्दै पौडेलपक्षले आपत्ति जनाएको थियो ।

बैठक भोलि शनिबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98