२०८३ वैशाख ८, मंगलबार
३:४३:२६ दिउँसो
- ADVERTISEMENT -

देउवाले बोलाए केन्द्रीय समिति बैठक, महासमितिबारे निर्णय लिने

प्रकाशित मिति: २०७५ भदौ ७, बिहीबार

1631
Shares

काठमाडौ, ७ भदौ, २०७५ । महासमिति बैठकबारे अन्यौल बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक भोली शुक्रबार बोलाइएको छ । यो केन्द्रीय समिति बैठकले महासमितिबारे निर्णय लिने बताइएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट स्वदेश फर्किए लगतै केन्द्रीय समिति बैठक बोलाइएको हो । सभापति देउवाले महासमिति बैठकका लागि आन्तरिक छलफल समेत थाल्नुभएको छ । विधान मस्यौदा समिति गठन हुन नसक्दा महासमिति बैठक समेत अन्यौल बनेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार बस्ने बैठकले महासमितिको बाटो खोल्ने जानकारी दिनुभयो । यो बैठकले मस्यौदा समितिलाई समेत पूर्णता दिने बताइएको छ । यता, सभापति देउवाले भदौ मसान्त वा असोजको दोस्रो सातासम्ममा महासमिति बैठक गर्नेबारे छलफल थाल्नुभएको उहाँ निकट एक नेताले जानकारी दिएका छन् ।

महासमिति बैठक अन्यौल भएको भन्दै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले सभापति देउवाको आलोचना गर्दै आएका छन् । कोइराला खेमाको समेत असन्तुष्टि बढ्दै गएपछि सभापति देउवा महासमिति बैठक बोलाउन सक्रिय बन्नु भएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81