२०८३ वैशाख ८, मंगलबार
४:३०:२५ दिउँसो
- ADVERTISEMENT -

कर वृद्धिबारे समीक्षा गर्न कांग्रेसले भेला बोलाउने

प्रकाशित मिति: २०७५ भदौ ४, सोमबार

1556
Shares

काठमाडौं, ४ भदौ । स्थानीय तह अन्तर्गतका पालिकाहरूले गरेको कर वृद्धिबारे समीक्षा गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय भेला बोलाउने भएको छ ।

आफ्नो पार्टीका तर्फबाट चुनाव जितेका पालिकाका प्रमुख र उपप्रमुखसँग यही भदौ १० गते राजधानी काठमाडौंमा नेपाली कांग्रेसले अन्तक्र्रिया गर्न लागेको हो ।

कांग्रेसले नेपाल गणराज्यभरका कुल ७५३ मध्ये २६६ पालिकामा प्रमुख तथा उपप्रमुख पदमा चुनाव जितेको छ । सत्तारुढ कम्युनिस्ट पार्टीले चुनाव जितेका पालिकामा मात्रै होइन, कांग्रेसल चुनाव जितेका पालिकामा पनि अत्यधिक कर वृद्धि भइरहेको समचार आएको छ ।

यसै विषयलाई लिएर कांग्रेसले छलफल गर्न लागेको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी भदौ १० गते पार्टी केन्द्रीय कार्यालय सानेपामा देशभरका कांग्रेसबाट चुनाव जितेका पालिकाका प्रमुख र उपप्रमुखसँग छलफल गरेपछि ठोस धारणा बनाउने बताएका छन् ।

‘कांग्रेसका सांसदहरूले सदनमा स्थानीय तहले कर वृद्धिको विरोधमा आवाज उठाइरहँदा कांग्रेसले जितेका केही स्थानीय तहमा समेत वृद्धि गरेको देखिएकाले स्वभाविक कर वृद्धि मात्र गर्न निर्देशन दिने उद्देश्यले यस्तो भेला गर्न लागिएको हो,’ आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा उनले भने ।

तर, यो मुद्दामा पार्टीको आधिकारिक धारणा नआए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाबाट फरक फरक खालको धारणा सार्वजनिक भएको छ ।

पौडेलले कम्युनिस्टहरूको संघीय सरकारले अपुग बजेट दिएका कारण कर वृद्धि गर्न पालिकाहरू बाध्य भएको भन्दै यसको दोष प्रधानमन्त्री खड्ग ओलीमाथि थोपर्दै पार्टी अघि बढ्नुपर्ने धारणा राखेका छन्, तरुणमा उल्लेख छ ।

तर, महामन्त्री डा.कोइरालाले भने नेपाली कांग्रेसले चुनाव जितेका पालिकामा कत्ति पनि थप कर लगाउन नदिने र लगाइहालेका छन् भने पनि फिर्ता गर्न लगाउने धारणा सार्वजनिक गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81