२०८२ चैत २९, आइतबार
८:०४:४० राति
- ADVERTISEMENT -

गलत कम्पनीलाई जापानमा ‘जिएसए’ दिँदै नेपाल एयरलायन्

प्रकाशित मिति: २०७५ भदौ ४, सोमबार

3715
Shares

काठमाडौं, भदौ,३, २०७५: जनवरी १ तारिखबाट जापानमा उडान भर्न लागेको नेपाल एयरलायन्सले गलत कम्पनीलाई जापानको जिएसए दिन लागेको खुलासा भएको छ । ए ३३०–२०० को वाइडबडी विमानबाट जापानमा उडान भर्न लागेको नेपाल एयरलाइन्सले जापानको लागि जिएसए नियुक्त गर्न चलखेल गरेको हो ।

नेपाल एयरलाइन्सले जापानमा जिएसए नियुक्त गर्नका लागि टेण्डर नोटिस प्रकाशन गरी आव्हान गरेको थियो । टेण्डर नोटिसको बुँदा नम्बर ४ मा जिएसए प्राप्त गर्नका लागि नेपालमा उडान भर्ने अन्य कुनै पनि एअरलायन्सको जिएसए नबनेको हुनैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

तर नेपाल एअरलायन्सले भने जापानमा अन्य एअरलायन्सको जिएसए भई काम गरिरहेको एक कम्पनीलाई जिएसए नियुक्त गर्न लागेको छ । नेपाल एयरलाइन्सले शुक्रबारमात्रै जापानस्थित वेस्टर्न एसोसिएटस् अर्थात् डब्लुएआई (WAI) कम्पनीलाई जिएसए नियुक्त गर्नेगरी नेपाल बोलाएको छ ।

जापानमा रहेको वेस्टर्न एसोसिएटस् जसलाई डब्लुएआई (वाई) पनि भनिन्छ, यो कम्पनी हालसालै सञ्चालनमा आएको थाई लायन एयरलाइन्सको जिएसए भएको पत्ता लागेको छ । उसले यसअघि नै थाई लायनको जिएसए भई काम गरिरहेको भेटिएको हो ।

रातोपाटीलाई प्राप्त सूचनामा वेस्टर्न एसोसिएटस् कम्पनीले थाई लायनको जिएसए लिई काम गरिरहेको उल्लेख छ । जापानको एक प्राइभेट कम्पनीले थाइल्याण्डको सरकारी एअरलायन्स थाई एयरवेजलाई लेखेको एउटा इमेल रातोपाटीलाई प्राप्त भएको छ । उक्त इमेलमा वेस्टर्न एसोसिएटस् भन्ने कम्पनीले थाइ लायनको जिएसए लिएको भन्ने जानकारी आएकाले त्यसबारे के हो भनी सोधिएको छ ।
त्यसको जवाफमा सरकारी एयरलायन्स थाई एअरवेजका जापानस्थित कण्ट्री हेड अमाइकेले वेस्टर्न एसोसिएटस् अर्थात् डब्लुएवाई कम्पनी नै थाई लायनको जापानस्थित जिएसए अर्थात् जनरल सेल्स एजेण्टस् रहेको बताएका छन् ।
तर वेस्टर्न एसोसिएटस्ले भने थाई लायनको जिएसएबारे केही कुरा उल्लेख नगरी टेण्डर नोटिसमा भएको प्रावधानविपरीत जिएसए लिन लागेको हो । यसबारे वेस्टर्न एसोसिएटस्ले नेपाल एअरलायन्सलाई कुनै जानकारी नदिई सम्झौता गर्न लागेको खुलासा भएको छ ।

आर्थिक लाभ लिएर जिएसए दिन लागेको आरोप, भवन भट्ट पनि जोडिए

टोकियोमा कार्यालय रहेको वेस्टर्न एसोसिएटस्ले नेपालस्थित एयरलायन्सका पदाधिकारीलाई मोटो रकम दिएर जिएसए हत्याउन लागेको एयरलायन्सकै एक निर्देशकले रातापाटीलाई बताए । आफ्नो नाम नराख्ने शर्तमा ती अधिकारीले भने ‘वाईसँग सम्झौता गर्ने गरी अन्तिम तयारी भइरहेको छ । वाई कम्पनी जापानमा थाई लायनको जिएसए भन्ने जानकारी आएको छ । तर यो थाहा पाउँदा पाउँदै पनि करोडौं कमिसन लिएर वाई कम्पनीलाई जिएसए दिन लागिएको छ ।’

नेपाल एयरलायन्सको जिएसए हत्याउन वाई कम्पनीले गैरआवासीय नेपाली भवन भट्टलाई प्रयोग गरेको छ । हाल भवन भट्टलाई उक्त कम्पनीमा सेयरहोल्डर बनाई जिएसए दिन लागिएको हो । यद्यपि भट्टले सेयर नै हालेका हुन् कि जिएसए मिलाइदिएवापत् इक्वुटी सेयर लिन लागेका हुन्, त्यसबारे स्पष्ट भइसकेको भने छैन ।

वाईलाई जिएसए दिए के हुन्छ ?

नेपाल एयरलायन्सले आफ्नो टेण्डर नेटिसको बुँदा नम्बर ४ मा अन्य एयरलायन्सको जिएसए लिएको कम्पनीले टेण्डर भर्न नै नपाउने बताएको थियो । तर यो प्रावधान विपरीत वेस्टर्न एसोसिएटस्ले नेपाल एयरलायन्सको जिएसएका लागि आवेदन दिई स्वीकृतिको चरणमा रहेको छ ।

एउटै कम्पनीले दुईवटा एयरलायन्सको जिएसए लिँदा यसले नेपाल एयरलायन्सई घाटा हुन जान्छ । किनभने थाई लायन बजेट एयरलायन्स हो र उसले काठमाडौं–जापान सिधा उडान नगरेपनि जापान–बैंकक–काठमाडौं उडान गर्न सक्छ । यस्तो अवस्थामा सस्तो मूल्यमा थाई लायनले उडान भर्ने सम्भावना रहन्छ ।

यदि सस्तैमा जापान–बैंकक–काठमाडौं उडान भएमा सिधा उडान भन्दा पनि यो रुट प्रयोग हुन सक्छ । यस्तो अवस्थामा नेपाल एयरलायन्सले यात्रु नपाई कम अकुपेन्शीमा उडान भर्नुपर्ने हुन्छ । जिएसएले पनि बढी नाफा हुने एअरलायन्सको मात्रै टिकट विक्री गर्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा नेपाल एयरलायन्सले घाटामै जापानको उडान भर्नुपर्ने दिन आउनसक्छ । रातोपाटिबाट साभार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16