बुटवल । नेपाली कांग्रेस रूपन्देही स्थानीय तहले जनताको ढाड सेक्ने गरी करको दायरा वृद्धि गरेको भन्द सडकमा उत्रिएको छ । सडकमा केन्द्रदेखि स्थानीय तहले कर बढाएको भन्दै पुष्पलाल पार्कदेखि जुलुस निस्केर बुटवल उपमहानगरपालिमा ज्ञापनपत्र बुझाएको छ । बुटवलको अस्पताल लाइनमा भेला भएका कांग्रेस नेता कार्यकर्ताहरु नारा जुलुस गर्दै बुटवल उपमहानगरपालिका पुगेका थिए । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई कार्यकक्षमा गएर ज्ञापन पत्र बुझाएका थिए ।

नगरप्रमुख सुवेदीलाई ज्ञापन पत्र बुझाउदै कांग्रेस नगर सभापति खेलराज पाण्डेले बहुमतको नाममा सहमति, सहकार्य र सरसल्लाहको सस्कृति त्यागेर उपमहानगरपालिका एकलौटी रुपमा अघि बढेको र जनताले थेग्नै नसक्ने गरी कर बढाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

उनले नगरपालिकाले कर सम्वन्धमा गरेका निर्णय र कर पुस्तिका समेत सार्वजनिक नगरी वेभ साइडमा छ भनी गैर जिम्मेवार जवाफ दिने गरेको बताए । बुटवलमा ३५ सय प्रतिशतसम्म कर बढाएको कांग्रेस नेताहरुको आरोप छ ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख सुवेदीले दल, संघ सस्था वा नागरीक समाज कसैलाई उपेक्षा गरी उपमहानगरपालिका अघि नबढेको र सबैसँग मिलेर सहकार्य गरेर अघि बढनु पर्छ त्यसैमा बुटवलको बिकास र समृद्धि सम्भव छ भन्ने नीति अंगिकार गरेको बताए । उनले करका सम्वन्धमा बाहिर हल्ला भएजस्तो बृद्धि नभएको र कही कतै नमिलेको भए सच्याउन सकिने बताए ।

धमाधम सूचना निकालेर कर विवरण

देशभरका स्थानीय तहले करको दर वृद्धि गरेको भन्दै चौतर्फी विरोधका स्वरहरू आउन थालेपछि रूपन्देहीका केही स्थानीय तहले सूचना निकालेर आफूहरू लिने करको विवरण सार्वजनिक गरेका छन् । शुक्रबार बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले विज्ञप्ति प्रकाशित गरी करको दर वृद्धि नगरेको बरू केही करका दायरा घटेको देखाए । तिलोत्तमा नगरपालिकाले जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद, मृत्यु दर्ता, स्वास्थ्य सम्बन्धी सिफारिस निःशुल्क गर्ने सूचनामा उल्लेख छ ।

त्यस्तैगरी निवेदन दस्तुर १० रुपैयाँ, नगरिकता प्रमाणपत्र सिफारिस, स्वदेशका लागि गरिने सामान्य सिफारिस, छात्रवृत्ति नेपाली भाषामा गरिसने सिफारिस १५० रुपैयाँका दरले लिइने छ । भने, नाता प्रमाणित गरेको २५० रुपैयाँ रहेको नगरपालिकाका कर अधिकृत इन्द्रदत्त सापकोटाले बताए ।

त्यस्तै बुटवल उपमहानगरपालिकाले वडा नम्बर १ ले पनि सूचना निकालेर सेवा दिदा लिने शुल्क सार्वजनिक ग¥यो । जन्म, विवाह बसाई सराई सम्बन्ध विच्छेद मृत्यु, छात्रावृत्ति सिफारिस सबै निःशुल्क रहेको वडा अध्इक्ष महेन्द्र लिगलले बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्