Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३५:२२ बिहान
- ADVERTISEMENT -

‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण अवार्ड’ मोहना अन्सारीलाई प्रदान

प्रकाशित मिति: २०७५ भदौ २, शनिबार

2445
Shares

ललितपुर, २ भदौ, २०७५ । यस वर्षको ‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण अवार्ड’ राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीलाई प्रदान गरिएको छ ।

कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की संस्थापक स्वर्गीय प्रो. डा. शान्ता थपलियाको स्मृतिमा स्थापना गरिएको अवार्ड अन्सारीलाई प्रदान गरिएको ल्याककी अध्यक्ष अनिता न्यौपाने थपलियाले बताइन् ।

ल्याकको ३२ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक महेन्द्र प्रसाई र सूर्यकिरण गुरुङ्बाट आयुक्त अन्सारीलाई अवार्ड प्रदान गरिएको हो ।

बाँकेको निम्न वर्गीय मुस्लिम परिवारमा जन्मिएकी मोहनाले गरिवी र अभावका बिच निकै संघर्ष गर्दै यो स्थानसम्म पुगेर उत्पीडित र उपेक्षामा परेका वर्ग र समुदायको न्यायका लागि क्रियाशील रहेबाफत उनलाई यो अवार्ड प्रदान गरिएको पनि अध्यक्ष थपलियाले बताइन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आउने कार्यक्रम भए पनि प्रधानमन्त्री कार्यालयमा अकस्मात बैठकमा जानु पर्ने भएपछि मन्त्री थापा कार्यक्रममा आउन नसकेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा संस्थामा १५ वर्ष भन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई पनि सम्मानित गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -