- ADVERTISEMENT -

बन्दका कारण जनजीबन प्रभावित : शंकास्पद गतिविधिमा संलग्न चितवनमा १२ जना पक्राउ

August 14, 2018
1593
Shares
- ADVERTISEMENT -

चितवन, २९ साउन २०७५ । चितवनका विभिन्न स्थानबाट मंगलबार प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले जानकारी दिए ।

केही व्यक्तिहरु गोजीमा ढुंगा, लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र केही शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिरहेको उहाँले बताए। उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हो होइन भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबैच विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण चितवनको जनजीवन पनि प्रभावित भएको छ । लामो दूरीका सवारी चलेका छैनन् भने छोटो दूरीका सवारीहरु फाट्टफुट्ट चलेका छन् । स्कुल, शैक्षिक संस्था मुख्य बजार तथा कलकारखानासमेत बन्द छन् ।

चितवनको भरतपुरस्थित रिजाल चोकमा शंकास्पद वस्तु भेटिएकाले सो क्षेत्रमा बम डिस्पोजल टोली पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । प्रहरीले भने सुरक्षा चेकजाँचलाई कडा पारेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -