२०८२ चैत २९, आइतबार
८:२१:४४ राति
- ADVERTISEMENT -

चितवन मानव बेचबिखनको थलो बन्दैछ ?

प्रकाशित मिति: २०७५ साउन २८, सोमबार

1965
Shares

चितवन, २०७५ साल श्रावण २८ गते सोमबार । मानव बेचबिखनको ओहोरदोहोर क्षेत्र (ट्रान्जिट प्वाइन्ट) मानिएको चितवन जिल्ला पछिल्लो समयमा आएर मानव बेचबिखन केन्द्र बन्न थालेको छ । प्रहरीको पछिल्लो अनुसन्धानले पनि चितवनबाट रोजगारीका लागि भारत लैजाने बहानामा मिर्गौला चोरी गरी बिक्री गर्नेदेखि युरोपेली मुलुकमा पढ्न पठाउने बहानामा भारतीय मार्ग हुँदै खाडी मुलुकमा नेपाली युवालाई बेच्ने गिरोहसम्म सक्रिय रहेको खुल्न आएको छ ।

आफैँ पीडित बनेका तर पछिल्लो समयमा मिर्गाैला बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको चितवन प्रहरीले यतिबेला युरोपेली मुलुकमा पठनपाठन र रोजगारीका लागि भनेर खाडी मुलुकमा युवा तस्करी गर्ने समूहको खोजी कार्य गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) प्रभुप्रसाद ढकालले जर्मनी पठाउने भनेर भारतीय बाटो हुँदै ट्युनिसिया पु¥याएका चार जना युवाले प्रहरीमा उजुरी दर्ता गराएपछि यस विषयमा प्रहरीको सक्रियता बढेको बताउनुभयो ।

काठमाडाँै उपत्यका र आसपासका ग्रामीण क्षेत्रबाट भारतीय मार्ग हुँदै विदेश जान सहज हुन्छ भनेर मानिसहरू ल्याउने र पहिलो रात चितवनमा बास बसेपछि भोलिपल्ट भारतीय सीमा कटाउने गरेको अनुसन्धानबाट खुलेको आधारमा यसको नियन्त्रण सुरु गरिएको थियो । अब त चितवनबाट नै मानव तस्करी हुन थालेको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१÷७२ मा मानव बेचबिखनका छवटा मुद्दा दर्ता भएकामा आव २०७३÷७४ मा नौवटा र २०७४÷७५ मा १० पुगेको छ । चितवन प्रवेशका मुख्य-मुख्य नाकामा शङ्कास्पद मानिसको पहिचान गरी अनुसन्धान गर्न प्रहरी खटिएका छन् । चितवनको माडी, मुग्लिन, भरतपुरको पुलचोक र लोथ्थर नाकामा नियमित जाँच गरिँदै आएको छ भने अन्य स्थानमा शङ्कास्पद र सुराक प्राप्त भएमा मात्र जाँच गरिँदै आएको छ ।

चितवनका प्रहरी प्रवक्ता ढकालका अनुसार यसरी गाडीमा यात्रु बनेर भारतीय क्षेत्रमा लैजाने क्रममा अधिकांश आफन्त र नातागोताका मानिस भएको खुल्न आएको छ । कतिपयले महिलालाई लैजान लागेको हो भने मेरो श्रीमती भन्ने, बालबालिका हो भने छोराछोरी भन्ने र पीडितलाई समेत त्यसै भन्न लगाउने गरेको पाइएको छ ।

कतिपयले बिरामी उपचारका लागि भारत लैजान लागेको भनेर गाउँमा रहेको अस्पताल र स्वास्थ्य केन्द्रको किर्तेपत्रसमेत ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16