- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पुराना नेता भरत शमशेर राणाको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा झुकाउने

August 13, 2018
2051
Shares
- ADVERTISEMENT -

काठमाडौं,२७ साउन २०७५ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य तथा पुराना नेता भरत शमशेर राणाको निधनमा आइतबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झन्डा आधा झुकाउने भएको छ ।

शनिबार कोलकत्तामा निधन भएका राणालाई श्रद्धाञ्जलीका लागि सोमबारदेखि तीन दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने जनाइएको छ । केन्द्रीय कार्यालयमा भदौ ६ गते शोकसभा गरिने पार्टीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

२०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री भएको समय राणा गोर्खा परिषद् दलबाट प्रमुख प्रतिपक्षी दलको नेता थिए । ०१७ सालमा बिपी लगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि राणाले आफ्नो पार्टीलाई कांग्रेसमा विलय गराएका थिए । नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा उनी केन्द्रीय सदस्यसमेत भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com