२०८३ वैशाख २, बुधबार
७:२२:३९ बेलुका
- ADVERTISEMENT -

कम्पनीको नाफा १५ अर्ब ६६ करोड ७५ लाख, प्रतिशेयर आम्दानी १०४.४५ रुपैयाँ

प्रकाशित मिति: २०७५ साउन २७, आइतबार

1638
Shares

काठमाडौं, साउन २७ । गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणपश्चात गत आर्थिक वर्षमा नेपाल टेलिकमको कुल आय ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले वृद्धि हो ।

सोही अवधिमा कम्पनीको नाफा १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस अनुरुप अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १.९२ प्रतिशतले वृद्धि भएको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा १.९६ रुपैयाँले वृद्धि भई प्रतिशेयर आम्दानी १०४.४५ रुपैयाँ पुगेको छ ।

केही वर्ष अघिदेखि शुरु भएको कम्पनीको महत्वाकांक्षी आयोजनामध्येको एकीकृत विलिङ प्रणालीमा ल्यान्ड लाइन सेवा समेत रुपान्तरित भएपश्चात गत आर्थिक वर्षमा नै सो आयोजना सम्पन्न भएको छ ।

यस्तैगरी विगत लामो समय देखि सञ्चालनमा रहेका ल्यान्ड लाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टीडीएम माइग्रेसन आयोजनाअन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको छ । सो अनुरुप हालसम्म करिब १ लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडव्यान्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याउन सफल भएको छ ।
२०७५ जेठ मसान्तसम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ । यसैगरी इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले वृद्धि भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षको शुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले वृद्धि भई ५१ प्रतिशत पुर्याउन कम्पनी सफल भएको छ ।
कम्पनीको इतिहासमा प्रथमपटक कम्पनी ऐनले तोकेको समयभित्र नै कम्पनीको वार्षिक साधारणसभा सम्पन्न गरी कम्पनीका शेयर होल्डरलाई हालसम्मकै सबैभन्दा बढी लाभांश वितरण गरिएको छ ।
कम्पनीको सञ्चालक समितिमा कर्मचारीको प्रतिनिधित्व गराउने सम्बन्धी निर्वाचन र कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन लामो समयदेखि रोकिएर रहेकोमा गत आर्थिक वर्षमा दुवै निर्वाचन गराउन सफल भएको ।

कम्पनीले चालू आर्थिक वर्षका लागि समेत विभिन्न महत्वाकांक्षी योजना अघि सारेको छ । यसमध्ये केही महत्वकांक्षी योजना आवको शुरुवातसँगै कार्यान्वयनमा आउन थालेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85