२०७५, श्रावण २६। गोरखा चौतारी म्युजिक प्रा. लि. को प्रस्तुतिमा बबिता बानियाँ (जेरी) र सुनिल लामिछानेको संयुक्त प्रस्तुतिमा मौलिक तीज गीत “दिदि भाई” भाग-२ को भिडियो सार्बजनिक गरिएको छ ।
उक्त तीज गीतमा बबिता बानियाँ (जेरी), राजकुमार बानियाँ र विजय बानियाँको सुमधुर आवाज रहेको छ । लय\ शब्द बबिता बानियाँ (जेरी) को रहेको छ ।
सुनिल लामिछानेको निर्देशन, अधिनायक मान शेरचनको सम्पादन र बासु बरालको छायाँङ्कनमा तयार भएको उक्त भिडियोलाई गोरखा चौतारी म्युजिक प्रा. लि. ले उत्पादन तथा वितरण गरेको छ ।
उक्त भिडियोमा सुनिल लामिछाने र बबिता बानियाँ (जेरी) को अभिनय रहेको उक्त भिडियोको दृश्य निर्माण साहारा फिल्मस एण्ड इन्टरटेनमेन्टले गरेको छ ।
भिडियो सहित