- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मुलुकमा शान्ति, सुरक्षाको अवस्था नाजुक, बलात्कारका घट्नामा सरकार संवेदनशील भएन

August 8, 2018
1924
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २३ साउन । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मुलुकमा पछिल्लो समय शान्ति, सुरक्षाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । उनले भने,‘पछिल्लो समय अपराधका घट्नाहरु जताततै घटिरहेका छन् । जनताले शान्ति, सुरक्षाको अनुभुति गरिरहेका छैनन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले देशैभरि शान्ति र सुरक्षाको अवस्थाप्रति प्रश्न गर्ने अवस्था छ । अब सरकारले मुलुकको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न बेलैमा प्रभावकारी कदम चाल्नुपर्छ । विधि र विवेकसम्म्त ढंगले कानूनको प्रयोग गर्नुपर्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पाठकले आयोगमा पछिल्लो समय हत्या, हिंसा र बलात्कारजस्ता आपराधिक घट्नाका उजुरीहरु ह्वात्तै बढेकोपनि सुनाए । उनले भने,‘पछिल्लो दुई महिनाको अवधिलाई हेर्ने हो भने अहिले हत्या र हिंसाका घट्नाहरु बढिरहेका छन् । यसको संकेत भनेको मुलुकको शान्ति र सुरक्षा अवस्था नराम्रो हुने दिशामा अघि बढिरहेको छ ।’

आपराधिक घट्नाको अनुशन्धानमा खटिने प्रहरी अधिकृतहरुलाई पर्याप्त उपकरणसहित विशेष तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । उनले भने,‘अहिले प्रहरीको अनुशन्धानप्रति जनताको विश्वास घटेको छ । यसलाई प्रहरीले सुधार गर्नुपर्छ । सम्बन्धित निकायलेपनि यसबारे ध्यान पुर्याउनुपर्छ ।’

पाठकले सम्बन्धित निकायले बलात्कारको घट्नामा मिलापत्रको लागि दबाब दिनु गलत भएको भन्दै यस्तो गलत दबाब दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा समेत राखे । उनले भने,‘बलात्कारसम्बन्धी सम्मानित अदालतबाट भएका फैसलाहरुको कार्यान्वयन समेत हुन सकेका छैनन् ।

- ADVERTISEMENT -

Advertisement

यो नाजुक अवस्थाको पनि अन्त्य गर्नुपर्छ । हाम्रो समाज अस्वस्थ छ । बलात्कार त मानसिक रोग हो ।’
पछिल्लो समय सामाजिक सञ्जालका कारण समेत बलात्कारका घट्नाहरु बढिरहेको तथ्यांकले देखाएको उनले सुनाए । पाठकले भने,‘०७४÷०७५ सालमा बलात्कारका घट्नाहरु १ हजारजति दर्ता भएर कानुनी प्रक्रियामा अघि बढेको छ । तीमध्ये १० वर्ष मुनिका २५ प्रतिशत र १५ वर्ष मुनिका ३५ प्रतिशत रहेका छन् ।’

उनले बलात्कारका घट्नाहरु न्यूनीकरण गर्नको लागि सामाजिक र कानुनी दुवै प्रक्रियाबारे सोच परिवर्तन गर्नुपर्ने आवश्यकत्ता औंल्याए । पाठकले थपे,‘अपराधीहरुलाई दण्ड सजायको दायरामा ल्याउने कुरापनि एकदमै फितलो भैरहेको छ । यसमा सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्छ ।’
पाठकले भक्तपुरमा हालै घटेको बालक निशान खड्काको हत्या र प्रहरी ईनकाउन्टरमा दुई युवा मारिएको घट्नाबारे आयोगले विशेष अनुशन्धान टोली गठन गरी आजैबाट छानबिन तथा अनुशन्धान टोलीलाई फिल्डमा पठाएको जानकारी दिए ।

उनले भने,‘प्रहरी ईनकाउन्टरमा मारिएका दुई युवाका परिवारले आयोगमा आएर आफ्नो छोराहरुलाई हत्या नै गरेको भनेर उजुरी दिएको छ । उनीहरुको डेलिगेशन नै आएर उजुरी दिएकोले हामीले पनि घट्नाको अनुशन्धान गर्नको लागि टोलीलाई फिल्डमा खटाएका छौं ।’
त्यस्तै उनले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको पनि आयोगले क्षेत्रीय कार्यालयमार्फत अनुशन्धान गरिरहेको जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले सरकारको दरिलो उपस्थिति नहुँदा र भरपर्दो शान्ति, सुरक्षाको व्यवस्था गर्न नसक्दा बलात्कारजस्तो जघन्य अपराध र सामाजिक अपराधका घट्नाहरु बढिरहेको बताएकी छिन् । उनले भनिन्,‘बलात्कारका घट्नामा सरकार संवेदनशील भएन्।’
बलात्कारीहरुलाई सर्वस्वहरणसहित आजिवान कारबासको सजाय दिनुपर्ने उनको माग छ । उनले थपिन्,‘पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । र, पीडित परिवारलाई राज्यले पूर्नस्थापनाको व्यवस्था गर्नुपर्छ । त्यसपछि पीडितलाई शिक्षा, स्वास्थ्य र रोजगारीलगायत सबै कुराहरुको उचित व्यवस्था गर्नुपर्छ ।’

पछिल्लो समय महिला बेचविखन तथा मानव तस्करीका घट्नाहरु समेत बढिरहेकोमा चिन्ता व्यक्त गर्दै संग्रौलाले भनिन्,‘महिलाहरुलाई बेचविखन हुनबाट रोक्नको लागि राज्यले ठोस कदम चाल्नुपर्छ । उद्धारमार्फत ल्याईएका महिलाहरुलाई पनि पूर्नस्थापना गरेर उनीहरुको बाँच्न पाउने अधिकारलाई थप सुनिश्चित् गर्नुपर्छ ।’

सांसद संग्रौलाले पितृसात्मक सोचका कारण पुरुषहरुले महिलाहरुलाई वस्तुको रुपमा लिएकोले बलात्कार लगायतका महिला हिंसाका घट्नाहरु घटिरहेको बताईन् । उनले भनिन्,‘बोक्सी प्रथाको नाममा महिलाहरुलाई जिउँदै जलाउने काम भएको छ । गोठमा छाउपडी बसेकी महिलामाथि सामूहिक बलात्कारका घट्नाहरु घटिरहेको छ । हत्या र हिंसाहरु बढिरहेका छन् । तर, राज्य यसप्रति संवेदनशील देखिँदैन् ।’

बलात्कारलगायत महिला हिंसाका घट्नाको अनुशन्धान समेत फितलो भएको उनको गुनासो छ । उनले भनिन्,‘अहिले महिला हिंसाका घट्नाहरु दिनहुँ घटिरहेका छन् । १३ वर्षकी बालिकादेखि ७७ वर्षकी आमामाथि बलात्कार भएका छन् । यसरी घट्नाहरु किन दिनहुँ घट्छन् ? तर अपराधीलाई किन कारबाही हुँदैन ? यो विषयमा अहिले प्रश्न उठेको छ।’

प्रजातन्त्र हुँदै लोकतन्त्रान्तिक गणतन्त्र आएर मुलुकमा यत्रो रुपान्तरण हुँदापनि अझैसम्म महिला र बालिकालाई हेर्ने दृष्टिकोणमा भने कुनै रुपान्तरण नआएको डा. संग्रौलाको गुनासो छ ।
हालै कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्याय नपाएको उनको गुनासो छ । उनले भनिन्,‘पीडकहरुलाई राज्यले कुनै कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन् । पीडित परिवारलाई उल्टै धम्क्याउने काम भैरहेको छ ।’

नेपाल बार एशोसिएशनकी उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बलात्कारका घट्नामा संलग्न दोषीलाई आजिवन जेल सजाय दिनुपर्ने बताएकी छिन् । उनले भनिन्,‘बलात्कारमा संलग्न दोषीलाई आजिवन कैद सजाय दिनुपर्छ । २० वर्षसम्मको जेल सजायले पुग्दैन् ।’

उनले बलात्कारमा संलग्न दोषीहरुलाई मृत्युदण्ड दिने कि भन्नेबारे अहिले बहस सुरु भएपनि संविधानामा त्यस्तो व्यवस्था नभएकोले अहिले मृत्युदण्ड दिन नमिल्ने बताईन् ।
पहिलापनि बलात्कार, हत्या र हिंसाका घट्नाहरु घट्ने गरेको भएपनि त्यतिवेला घट्नाहरुलाई दबाएर राख्ने गरेको पाईएको उनको भनाई छ । उनले थपिन्,‘तर पछिल्लो समय सचेतनाका कारण घट्नाहरु बाहिर प्रकाशनमा आएका छन् । पीडितहरु पनि सचेत छन् । मिडियाले पनि यस्ता खाले आपराधिक घट्नाहरुलाई बाहिर ल्याउन महत्वपूर्ण भूकिा निर्वाह गरेका छन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com