२०८३ वैशाख ६, आइतबार
११:०८:११ राति
- ADVERTISEMENT -

डेनभरमा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको एकल साँझ हुने

प्रकाशित मिति: २०७५ साउन २१, सोमबार

1976
Shares

कोलोराडो, श्रावण २१, २०७५ । एनआरएन कोलोराडो च्याप्टर तथा एनआरएन हेल्प डेस्कको संयुक्त आयोजनामा कोलोराडोको वेष्टमिनस्टर सहरमा लोक दोहरि गायक पुरुषोत्तम न्यौपानेको यही अगस्त १८ शनिवार एकल साँझको आयोजना गरिने भएको छ ।

एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डा. सुनिल शाहको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रमबाट उठेको रकम खर्च कटाएर भर्खरै सडक दुर्घटनामा घाइते भएका विद्यार्थी मनोज पन्तलाई सहयोग गरिने छ । कोलोराडोवासी नेपालीहरू उक्त कार्यक्रममा सहभागी हुन एनआरएन हेल्प डेस्कका केन्द्रीय सदस्य तथा यस कार्यक्रमका संयोजक वासुदेव खनालले हार्दिक अनुरोध गर्नुभएको छ ।

बि.स. २०४६ सालबाट औपचारिक सांगीतिक यात्रा सुरु गरेका गायक न्यौपानेका अमेरिकावासी नेपाली प्रंशसकले उहाको एकल साँझलाई उत्साहका रूपमा लिएका छन् ।

वेष्ट मिनिस्टर स्थित याक एण्ड यति रेस्टुरेन्टमा चल्ने उनको प्रस्तुति हेर्नका लागि आयोजकहरूले १५ डलर प्रवेश शुल्कको व्यवस्था गरेका छन् । उक्त १५ डलरमा निःशुल्क खानाको पनि व्यवस्था गरिएको छ ।

हरितालिका तीज नजिकिदै गर्दा गायक न्यौपानेको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित हुनुको पक्ष यो पनि हो की गायक पुरुषोत्तम न्यौपाने नै हुन् , जसले तीजका गीतमा पनि पुरुषले गाउन सक्छन् भनेर आफैँले सुरुवात गर्नुभयो ।

तीजको शुभ सन्ध्यामा सम्पूर्ण महानुभावहरू विशेषतः दिदीबहिनी, आमाहरूमा उपस्थित भई नाचगान गर्दै सुख दुख: साटासाट गर्न एन आर एन कोलोराडो च्याप्टर उपाध्यक्ष तथा हेल्प डेस्क कोलोराडो संयोजक कुमार जङ्ग कार्कीले हार्दिक आमन्त्रण गर्नुभएको हो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98