- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेसले मंगलबार गोरखामा शक्ति प्रदर्शन गर्ने

July 30, 2018
1847
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, साउन १४, प्रमुख प्रतिपक्षीको भूमिका निर्बाह गरिरहेको नेपाली काङ्ग्रेसले भोलि मंगलबार गोरखामा शक्ति प्रदर्शन गर्ने भएको छ । आइतबार बसेको पार्टी तथा शुभेच्छुक संस्था, भातृ संस्थाहरुको संयुक्त बैठकले मंगलबार जिल्लामा वृहत विरोध जुलुस प्रदर्शन गर्ने निर्णय गरेको सोमबार पत्रकार सम्मेलन गरी सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

‘नेकपा नेतृत्वको सरकारले मुलुकमा एकपछि अर्को क्रमशः अधिनायकवाद लाद्दै गएको बैठकमा निष्कर्ष निकालियो’ सचिव न्यौपानेले भन्नुभयो , ‘त्यसैले बेलैदेखि यसको डटेर सामाना गर्नुपर्छ भन्ने सबैको सुझाब आयो । त्यसैले १५ गते शक्ति प्रदर्शन गर्ने निर्णय भयो ।’
झरी बादल, बर्षा भएपनि सम्भव भएसम्मका नेता कार्यकर्ता सो दिनमा सडकमा उतार्ने योजना रहेको उनले बताए । कांग्रेस नेतृत्वको सरकारले गरेका निर्णयहरु खारेज गर्ने, विधि, विधान मिचेर असान्दर्भिक निर्णय गर्ने, मूल्य वृद्धि गर्ने जस्ता आम नेपालीलाई नपच्ने निर्णय गरेकाले बिरोध गर्नुपरेको बैठकले निश्कर्ष निकालेको पत्रकार सम्मेलनमा न्यौपानेले बताउनुभयो ।

विरोध कार्यक्रमको निर्णय गर्दा बैठकमा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य तथा पूर्व सांसदहरु चीनकाजी श्रेष्ठ, कमला पन्त, सांसद प्रकासचन्द्र दवाडी, मनकुमारी गुरुङ, मेयर राजन पन्त लगायतका नेताहरु सहभागी थिए । सचिब न्यौपानेले कांग्रेसले गरेको विरोधले सरकारलाई फाईदा हुने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com