- ADVERTISEMENT -

कांग्रेसले गरेन लोकतान्त्रिक फोरमसँगको एकता सहमति कार्यान्वयन

July 26, 2018
1526
Shares
- ADVERTISEMENT -

काठमाडौं, १० साउन । पार्टी एकिकरण भएको दस महिनासम्म पनि नेपाली कांग्रेसले नेपाल लोकतान्त्रिक फोरमका नेताहरुलाई जिम्मेवारी दिएको छैन् ।

उनीहरुलाई जिम्मेवारी दिन पार्टी विधान संशोधन गर्नु पर्ने, विधान संशोधनका लागि पार्टीको महासमिति बैठक बोलाउनु पर्ने भएपनि सभापति शेरबहादुर देउवाको अक्षमताका कारण महासमिति बैठक आव्हान हुन सकेको छैन् ।

- ADVERTISEMENT -

Advertisement

महासमिति बैठकमा विधान संशोधन गर्नका लागि पेश गर्ने विधानको मस्यौदा बनाउने समिति समेत कांग्रेस केन्द्रिय समितिले बनाएको छैन् । प्रदेश र प्रतिनिधिसभा चुनावको मुखमा २०७४ असोज ३० गते कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकता भएको थियो ।

त्यो एकता गर्ने सहमति पत्रमा ‘एकतापछि नेपाली कांग्रेसको सांगठानिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भातृ र भगिनी संस्थाहरूको संरचना एवं सदस्यहरूको यथोचित समायोजन गर्न हामी दुवै दल सहमत भएका छौं । भन्ने बाक्याशं उल्लेख थियो ।

तर सहमति १० महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । पार्टीले कुनै जिम्मेवारी नदिएपछि लोकतान्त्रिक फोरमबाट आएका प्राय नेता गाउँतिर आराम गरिरहेका छन् ।

८३ सदस्यीय कांग्रेस केन्द्रिय समितिमा लोकतान्त्रिक फोरमबाट आएका एउटा नेता पनि अटाउन नसकेपछि धेरै नेताहरु आक्रोसित बन्दै पुरानो पार्टी व्यूताउने तयारीमा समेत लागेको बताएका छन् ।

अहिलेसम्म कांग्रेसले तत्कालिन लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेताको जिम्मेवारी दिनु बाहेक अन्य कसैलाई केहि जिम्मेवारी दिएको छैन ।

गच्छदार आमन्त्रित केन्द्रीय सदस्यको हैसियतमा बैठकमा जान्छन् । असोज ७ गते तत्कालिन एमाले र माओवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकिकरण गर्ने घोषणा गरेपछि कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको थियोे ।

दुई पार्टीबीचको सहमतिमा केन्द्रदेखि गाउँ तह र भातृ भगिनी संगठनसम्ममा समायोजन गरिने उल्लेख भएपनि अहिलेसम्म कुनै संगठनको समायोजन हुन सकिरहेको छैन ।

२०६८ माघ १८ गते काँग्रेस पार्टी छोडेका गच्छदारले आइन्दा विगतको भूल नदोर्होयाउने प्रतिबद्धता पार्टी एकिकरणका बेला जनाएका थिए । तर, एक वर्ष नपुग्दै गच्छदारले २५ असारमा पुनः कांग्रेस छोड्ने चेतावनी दिइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -