- ADVERTISEMENT -

भावुक बने,आँखा रसाए,राजिनामा दिए : मन्त्री शेरबहादुर तामाङ

July 24, 2018
4564
Shares
- ADVERTISEMENT -

काठमाडौं, ८ साउन

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजिनामा दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले भने,‘धमिलो पानीमा माछा मारेर सरकारलाई असफल बनाउने षड्यन्त्रको प्रयासलाइै असफल तुल्याउन राजिनामा दिएको हुँ।’

आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहेपनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताए ।

राजिनामा घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली, सिन्धुपाल्चोकका मतदाता र नेपाली जनतालाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए । त्यसपछि उनी भावुक बनेका थिए । उनका आँखा रसाएका थिए ।

बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -