चितवन, २ श्रावण, २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिक (कास्टिङ) मात्रै भएको बताएका छन् ।

नेता पौडेलले पत्रकारसँग कुराकानी गर्दै उहाले सरकारले अहिले गरेका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै काँग्रेस आन्दोलन उत्रेको स्पष्ट पार्नुभयो । अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले अविवेकपूर्ण ढंगले उल्टाएको, अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाको सवालमा प्रभावकारी काम गर्न नसकेको, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेका कारण प्रतिपक्षले आन्दोलन गर्नु परेको उनको भनाइ थियो ।

कांग्रेसको आन्दोलनपछि सरकार कसरी अगाडि बढ्छ,त्यो हेरेर थप आन्दोलनका कार्यक्रम ल्याउने पनि उहाले बताउनुभयो । जनताका जनजीविकाको पक्षमा कांग्रेस लागिरहने भन्दै नेता पौडेलले कांग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएका छन् । उहाले भन्नुभयो , “भर्खरै बनेकोे सरकार छ । प्रतिपक्षको भूमिकाको नाममा असहिष्सुणता प्रदर्शन गर्न पनि भएन ।”

नेता पौडेलले सरकारले गरेको राजदूत नियुक्ति प्रक्रियामा असन्तुष्टि पनि जनाएका छन् ।

राजदूत नियुक्तिका क्रममा संविधानमा व्यवस्था भएअनुसार अहिलेको सरकार नचलेको उनको आरोप थियो । सरकारी नियुक्ति पाएका व्यक्तिले आफ्नो पदीय दायित्व निर्वाह गर्दा सरकारको पक्ष लिने काम नहोस् र त्यसबाट आशावादी भएर पक्षपात नगरुन् भन्ने आशयले त्यस्तो धारा राखिएको उहाले बताउनुभयो ।

रासस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्