- ADVERTISEMENT -

कृषकका लागि बरदान बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

July 18, 2018
3165
Shares
- ADVERTISEMENT -

सुनसरी, २०७५ साल श्रावण २ गते बुधबार । सुनसरी जिल्ला धरान उप-महानगरपालिका-२० चियाबारीका तपेन्द्र राई बेसार र अदुवा खेती गर्नुहुन्छ । उहाँले आफ्नै १५ कट्ठा जग्गामा वार्षिक रुपमा अदुवा र बेसार खेती गर्नुहुन्छ, तर उहाँलाई कसरी बेसार र अदुवा खेती गर्ने भन्ने ज्ञानको अभावका कारण विभिन्न समस्या झेल्दै आइरहनुभएको छ ।

उहाँले ज्ञानको अभावका कारण गरेको बेसार र अदुवा खेतीले आम्दानी समेत भनेजति गर्न सक्नुभएको छैन, तर सुनसरीको धरानमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अदुवा बेसार जोन एकाइले अदुवा बेसारको खेतीसम्बन्धी तालिम प्रदान गरेपछि अब आफूलाई खेती गर्नका लागि सहज भएको उहाँको भनाइ रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

आफूले विधिवत् र वैज्ञानिक ढंगले अदुवा र बेसारको खेती गर्न नजानेका कारण विभिन्न समस्याको सामना गर्दै आएको बताउनुहँुदै अब तालिम प्राप्त गरेपछि त्यही अनुसारको खेती गर्ने तपेन्द्र राईले बताउनुभयो । उहाँजस्तै सुनसरी धरान-२० का विष्णुपादुकाका राजेन्द्रप्रसाद तामाङलाई समेत कसरी अदुवा खेती गर्ने, कति जग्गामा कति अदुवाको बीउ दिने, कति मलखाद दिने भन्ने विषयमा ज्ञानको अभाव थियो, तर उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसार जोन एकाइबाट तीनदिने तालिम प्राप्त तथा उत्पादन प्रविधि प्रदर्शन गरेपछि अब अदुवा खेती गर्नका लागि सहजता भएको उहाँको भनाइ रहेको छ ।

ज्ञान र सीपको अभावकाबीच पनि उहाँले अदुवा खेती गर्दै आउनुभएकोमा अब तालिम प्राप्त गरेपछि खेती गर्नका लागि सहजता ल्याउनुका साथै उत्पादकत्वसमेत बढाउने उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसार जोन एकाइ नभएको बेला आफूहरु जेनतेन हिसाबले अदुवा खेती गर्दै आएकोमा अब अदुवा बेसारजोनले उत्साहित बनाएको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

तपेन्द्र र राजेन्द्र त्यस क्षेत्रका उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै धरान-२० का अदुवा कृषक भुवेश तामाङको भनाइ पनि उस्तै रहेको छ । उहाँहरुले वार्षिक रुपमा अदुवा लगाउँदै आएको भए पनि अदुवा कुहिने, गानो कुहिनेलगायतका समस्याले सताएको थियो ।

वार्षिकरुपमा लाखौँको लगानी गरेर अदुवा खेती गर्दै आएको भए पनि अदुवामा वार्षिकरुपमा लाग्ने रोग किराका कारण खेतीमा गरेको लगानी बालुवामा पानी खन्याए जस्तै भएको थियो, तर उहाँले पनि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अदुवा बेसारजोनबाट तालिम प्राप्त गरेपछि रोग र किराको समस्याबाट मुक्त भएको अदुवा कृषक भुवेश तामाङले बताउनुभयो ।

यसरी कृषकलाई अदुवा र बेसार खेतीमा आत्मनिर्भर बनाउनका लागि अदुवा बेसार जोन सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्रका प्रत्यक्षरुपमा जम्मा २१० जना कृषकलाई तालिम प्रदान गरेको कार्यालयले जनाएको छ । यस कार्यालयमा आबद्ध भएका कृषक समूह, कृषि सहकारी र कृषि फर्मका कृषकलाई तालीम प्रदान गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसारजोन एकाइ धरानका प्रमुख निलकमल सिंहले बताउनुभयो ।

त्यसैगरी, परियोजनाले पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न धरानमा अदुवा र बेसारको गोदाम घर निर्माण कार्य अघि बढाएको छ । गोदाम घरले गुणस्तरीय अदुवा र बेसार निर्यातमा वृद्धि गर्ने विश्वास लिइएको छ । धरानस्थित कृषि उपज बजारस्थलमा अदुवा बेसार जोन कार्यान्वयन एकाइ, धरानको सहयोगमा गोदाम घर निर्माण सम्पन्न भएको छ ।

कूल लागत रु ५० लाख ९९ हजार ९६५ रहेको गोदाम घर निर्माणका लागि कृषिउपज बजारस्थलको रु नौ लाख सात हजार ९ सय ६५ स्थानीय लगानी रहेको कृषिउपज बजारस्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -