काठमाडौँ, ३२ असार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटेको छ ।
कांग्रेसले अवरोध गरेपछि आधा घन्टाका लागि स्थगित भएको बैठक पुन दोस्रो पटक बसेको थियो तर, कांग्रेस सांसदहरुले उठेर फेरि अवरोध गरेका थिए। यसपछि संसदले विधेयक कार्यसूचीबाट हटाएको थियो ।

सरकारले विधेयकलाई टेबुल गर्न सोमबार प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको थियो। बैठकमा पेस गर्नुअघि नै कांग्रेस सांसदले अनसनरत डा गोविन्द केसीसँग १४औं अनसनका बेला भएको सहमति अनुसार ऐन जारी हुनुपर्ने माग गर्दै कांग्रेसले अवरोध गरेको थियो ।

संसद् बैठक साउन ३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्