- ADVERTISEMENT -

रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’ सार्वजनिक

July 15, 2018
1588
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३१ असार २०७५

स्वर्गीय नेता रामहरी जोशीको पुस्तक ‘प्रतिकात्मक प्रश्न’ बजारमा आएको छ । त्रिविका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले पुस्तक लोकार्पण गरेका हुन् । राजनीतिमा लामो समय बिताएको एक नेताको नखुलेको पाटो पुस्तकमा आएको उहाले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

पुस्तक समीक्षा गर्दै साहित्यकार डा. रामदयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताउनुभयो । यो पुस्तक नेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको मोदी आइन् नजिक रहेको उनले टिप्पणी गर्नुभयो । रामहरी जोशीले किन विवाह गरेनन् भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उहाले बताउनुभयो ।

एक वर्षअघि असार २९ गते रामहरी जोशीको ९२ वर्षको उमेरमा निधन भएको थियो । उनकै पुण्य तिथिमा पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -