२०८२ चैत २९, आइतबार
८:०५:५८ राति
- ADVERTISEMENT -

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै दुई घण्टा प्रशिक्षण : पुल र जेब्राक्रसिङ प्रयोग नगर्नेमाथि थाल्यो ट्राफिक प्रहरीले कारबाही

प्रकाशित मिति: २०७५ असार ३१, आइतबार

1771
Shares

काठमाडौं, असार ३१

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आजदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङबाट यात्रुलाई बाटो काट्न सिकाउनका लागि आजदेखि उपत्यकाका १२ स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । “प्रशिक्षणले सडक सभ्यताको विकास हुनाका साथै सडक दुर्घटनामा कमी आउनेछ”, उहाँले भन्नुभयो ।

महाशाखाले ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगञ्ज, कालीमाटी र जावलाखेलमा प्रहरी निरीक्षकको नेतृत्वमा एक जवान खटाएको छ । उक्त टोलीले बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ६ बजेसम्म सडकमा बसेर प्रशिक्षण दिनेछ ।

महाशाखाले नयाँ सडक द्वार, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नागस्थान र नयाँ बसपार्कमा आकाशे पुलको प्रयोग गर्न यात्रुलाई आग्रहसमेत गरेको छ ।यसअघि महाशाखाले २०७४ जेठ १ गतेदेखि जथाभावी बाटो काट्ने यात्रुलाई रु २०० जरिवाना लिँदै आएको थियो ।

जरिवाना लिएको केही समयपछि यात्रुको चौतर्फी आलोचना र तत्कालीन गृहमन्त्रीले तत्कालका लागि जरिवाना नलिन निर्देशन दिएपछि महाशाखा उक्त निर्णयबाट पछि हटेको थियो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16