काठमाडौँ, असार ३०, २०७५
छोराको हत्यारालाई कारबाही गर्नु पर्ने माग राखी पटकपटक अनशन बस्दै आएकी गंगामाया अधिकारीले पछिल्लो पटकको सत्याग्रह ४८ दिनका दिन आज तोड्नु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गंगामायालाई जुस खुवाएर अनसन अन्त्य गराएका हुन् । कानुनमन्त्री शेरबहादुर तामाङले दोषीमाथि कारबाही हुनेसहितका २ बुँदा हस्ताक्षर गर्दै अक्षरशः पालना हुने प्रतिबद्धता जनाएपछि उनले अनसन तोडेकी हुन् ।
सर्वोच्च अदालतको आदेश अनुसार अभियुक्तमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरिसकेको र अन्य अभियुक्तलाई समेत अदालत पेस गर्ने प्रतिबद्धता सरकारले गरेपछि उनी ४५ दिनपछि अनसन तोड्न तयार भएकी थिइन् । २०७० सालदेखि पटकपटक अनसन बसेको गंगामाया पछिल्लो पटक जेठ १५ गतेदेखि अनसन बसेकी थिइन् ।