२०८३ वैशाख २, बुधबार
७:०७:५८ बेलुका
- ADVERTISEMENT -

गोरखा चेम्बर अफ कमर्समा भाइचन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन

प्रकाशित मिति: २०७५ असार २९, शुक्रबार

1570
Shares

गोरखा, २०७५ असार २९

नेपाल चेम्बर अफ कमर्स गोरखाको नयाँ कार्यसमिति चयन गरिएको छ । आज शुक्रबार एक कार्यक्रमका बिचमा गोरखा सदरमुकाममा गोरखा चेम्बर अफ कमर्सको गठन र कार्यालय स्थापना गरिएको हो । प्रदेश नम्बर ४ का प्रवक्ता तथा भौतिक योजना मन्त्री रामशरण वस्नेतको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर आफ कमर्श भन्सार विभाग प्रमुख निरज राई, प्रचारप्रसार विभाग प्रमुख सन्तोषकुमार पाण्डे, जिल्लाका उच्च पदस्थ कर्मचारी र व्यवसायीहरुको सहभागिता रहेको थियो ।

हरेक जिल्लामा चेम्बर अफ कमर्सको स्थापना गर्ने र ब्यापारीहरुको हकहितका लागि सहयोग गर्दै देशको आर्थिक क्षेत्र मजबुत बनाउने उदेश्यले गोरखामा पनि संस्थाको स्थापना भएको चेम्बरका केन्द्रिय प्रचारप्रसार विभाग प्रमुख सन्तोकुमार पाण्डेले जानकारी दिनुभयो । ‘चेम्बरले देशभरका उद्योगी व्यवसायीलाई एकिकृत गरी उनीहरुको व्यवसायको प्रवद्र्धन र सम्बद्र्धन गर्ने उद्देश्य अनुरुप जिल्ला जिल्लामा शाखा विस्तार गर्दै आएको छ, ‘सोही अनुरुप हामीले गोरखा जिल्लामा पनि विधिवत रुपमा गोर्खा चेम्बरको स्थापना गरेका हौं ।’उहाले भन्नुभयो

चेम्बरले भाइचन्द्र श्रेष्ठको नेतृत्वमा २७ सदस्यी कार्यसमिति गठन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद ढकाल, उपाध्यक्ष रुसबाबु जोशी, महासचिब रामस्वरुप श्रेष्ठ, सचिब सुमेन्द्र श्रेष्ठ, कोषाध्यक्ष शिसुबाबु प्रधान, सहकोषाध्यक्ष सरोज पोखरेल, लगायतका रहेका छन् ।

जिल्लामा रहेका घरेलु, साना, ठूला तथा मझौला सबै किसिमका व्यवसायीलाई मसेटेर अघि बढ्का लागि गोर्खा चेम्बर अफ कमर्शको गठन गर्नु परेको गोर्खा चेम्बरका नव नियुक्त अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘अहिले जिल्लामा अरु पनि व्यवसायी संघ-संस्था छन’ उहाले भन्नुभयो, ‘ती संस्थाले कसैलाई पाखा कसैलाई काखा गरेका कारण सबैलाई समान तरिकाबाट समेटेर लैजानका लागि चेम्बरको स्थापना भएको हो ।’ चेम्बरले अबका दिनमा उद्योगी व्यवसायीका समस्या समाधान गर्नुका साथै उनीहरुलाई व्यवसाय विविधिकरणमा समेत सहयोग गर्ने श्रेष्ठको दावी थियो । ‘चेम्बरले अबमा दिनमा गोरखा जिल्ला भित्र व्यवसायीका हकहित प्रवद्र्धनका साथै व्यवसायीलाई आवश्यक पर्ने शीप विकास तालीम संचालन गर्नेछ, उहाले भन्नुभयो, ‘जसले गर्दा जिल्ला भित्र व्यवसाय गर्न चाहने नयाँ उद्यमीहरुलाई पनि ठूलो सहयोग गर्नेछ ।’ पछिल्लो समय राज्य कर लगायत विभिन्न बाहनामा जिल्ला भित्र उद्योगी व्यवसायीलाई दुःख दिइरहेको जानकारी दिँदै त्यसलाई पनि राज्यसँग आपसी छलफलबाट टुङ्गो लगाउन चेम्बरले सहयोग गर्ने समेत श्रेष्ठको भनाई थियो । साथै राज्यको कर प्रणाली अनुरुप व्यवसायीहरुलाई अपडेट गराउनका लागि सोही अनुरुपमा तालीम तथा गोष्ठीहरु आयोजना गरिने उनले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ४ का भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले गोरखा र समग्र प्रदेश ४ को औद्योगिक विकासको लागि गोरखा चेम्बर अफ अमर्सले अहम भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतले मन्तब्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा जिल्लाको भीमसेन थापा, अजिरकोट, सिरानचोक , गण्डकी, पालुङ्गटार लगायतको स्थानीय तहमा समेत गोरखा चेम्बर अफ कमर्सको संयोजक तोकि सकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85